IME Life

नेशनल लाइफले दियो पूर्ण अवधि भुक्तानीबापत रु. ९७.२० लाख

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको हेटौंडा शाखाले जीवन बीमा पोलिसीको पूर्ण अवधि भुक्तानीबापत ९७ लाख २० हजार रुपैयाँ बीमितलाई दिएको छ।

कम्पनीले मकवानपुर हेटाडौँ निवासी खड्गबहादुर गोपाली र उनका छोरा साहस गोपालीलाई बीमालेख परिपक्व भएपछि उक्त रकम भुक्तानी गरेको हो। २०७१ भदौ ८ गते खड्गबहादुरले १० वर्ष बीमा अवधिको बीमांक रकम ५० लाख रुपैयाँ र छोरा साहसको १० लाख रुपैयाँको बीमा गरेका थिए।

SKYWELL
Crest

कम्पनीका बीमित बुवा खड्गबहादुर र छोरा साहसको बीमालेख परिपक्व भएपछि आज एक कार्यक्रमबीच हेटौँडा शाखाका शाखा प्रमुख नारायण कार्कीले पूर्ण अवधिको भुक्तानीबापत चेक हस्तान्तरण गरेका हुन्। जसअनुसार खड्गबहादुरलाई ८१ लाख रुपैयाँ र छोरा साहसलाई १६ लाख २० हजार रुपैयाँबराबरको चेक हस्तान्तरण गरिएको छ।

खड्गबहादुर २०४३ सालदेखि ठेक्कापट्टाको काम गर्दै आएका छन्। २०५४ सालमा उनले विभिन्न बीमा कम्पनीमा आबद्ध भएर ५०० भन्दा माथि बीमालेख पनि बिक्री गरेका छन्। उनले आफ्नी श्रीमती यमुनाको पनि ५० लाख रुपैयाँको जीवन बीमा गरेका छन्।

खड्गबहादुरले तीनैजनाको नेशनल लाइफको अमृत वर्षा बीमा योजनाअन्तर्गत बीमा गरेका थिए। ‘सुरक्षित भविष्यका लागि सबैले बीमा गर्नुपर्छ’, कार्यक्रममा खड्गबहादुरले भने, ‘यो लामो समयसम्मको निरन्तर आम्दानीको स्रोत पनि हो। आइपर्ने जोखिम पनि वहन गर्छ।’

कार्यक्रममा  खड्गबहादुरले आफ्नो नातिको १ करोडको बीमा खरिद गर्ने शाखा प्रमुख नारायण कार्कीलाई प्रतिबद्धता समेत गर्दै यो पेसा ७ पुस्ताले पनि छोडनु नहुने जानकारी गराए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS