IME Life
GBIME

ट्रष्ट माइक्रो इन्स्योरेन्सद्वारा ३२ लाख रुपैयाँ अग्नी दाबी भुक्तानी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । पश्चिम नेपालको बुटवलमा प्रधान कार्यालय रहने गरी गत वर्षदेखि सञ्चालन भएको ट्रष्ट माइक्रो इन्स्योरेन्सले माइक्रो इन्स्योरेन्स क्षेत्रकै सबैभन्दा ठूलो दाबी झण्डै ३२ लाख रुपैयाँ आगलागी पिडितलाई भुक्तानी गरेको छ । इन्स्योरेन्सले गत असार ६ गते बुटवल मिलनचोकस्थित डेल्टा मार्टमा भएको आगोलागीबाट पसलमा भएको सम्पत्ती गुमाएका नेपाली लुगा घरका सञ्चालन प्रकाश भुसाललाई अग्नी दाबी भुक्तानी गरेको हो ।

बुटवल मिलनचोकस्थित डेल्टा एजुकेशन मार्टमा सञ्चालित नेपाली लुगा घरको कूल ४० लाखको स्टक इन्स्योरेन्सको बीमा ट्रष्ट माइक्रो इन्स्योरेन्स बुटवल अफिसबाट भएको थियो । सर्भेयरले निकालेको क्षती मूल्याङ्कनमा अनिवार्य स्वैच्छिक अधिक रकम कट्टा गरी कूल ३१ लाख ८३ हजार रुपैयाँ नेपाली लुगाघरको बैंक खातामा पठाइएको हो ।

Crest

गत आर्थिक बर्षबाट देशमा सञ्चालनमा आएका ३ ओटा निर्जिवन माइक्रो बीमा कम्पनीहरुको इतिहासमै ट्रष्ट माइक्रो इन्स्योरेन्समा परेको आगलागीको बीमा दाबी यो नै अहिले –सम्मको सबैभन्दा ठूलो भएको ट्रष्ट माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत उज्ज्वल ढुङ्गानाले बताए ।

गत आर्थिक वर्षको चैत्र ९ गतेबाट आफ्नो कारोबार सुरु गरेको ट्रष्ट माइक्रो इन्स्योरेन्सले देशका प्रमुख शहर तथा जिल्लाहरुमा झण्डै डेढ दर्जन शाखा तथा उपशाखामार्फत माइक्रो बीमा व्यवसाय गर्दै आएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS