GBIME
IME Life

एनआईसी एशिया बैंकले सार्वजनिक गर्यो स्काई क्लब कार्ड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआईसी एशिया बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा स्काई क्लब कार्ड सार्वजनिक गरेको छ । भिषाको ब्रान्डेडको रुपमा आएको यो कार्ड यती एयरलाइन्स तथा कम्पनीका सम्पूर्ण ग्राहकहरूले प्राप्त गर्न सक्ने छन् ।

उक्त कार्डको प्रयोग गरेर एयरलाइन्सको टिकट खरिद गर्दा १० प्रतिशत छूटसहित अन्य सुविधाहरू उपलब्ध हुने गरी दुबै पक्ष बीच समझदारी भएको कम्पनीले जनाएको छ ।

SKYWELL
Crest

यती एयरलाइन्सको मोबाइल एप तथा वेबसाइट प्रयोग गरेर यस कार्डबाट ई–कमर्श भुक्तानी गरी सबै प्रकारका टिकट काट्दा ग्राहकहरूले १० प्रतिशत छूट प्राप्त गर्न सकिने छ भने प्रत्येक कारोबारमा माइलेज पोइन्टस् र ५ किलोग्राम अतिरिक्त ब्यागेज सुविधा पनि पाइनेछ ।

एयरलाइन्सका विभिन्न काउन्टरमा यो कार्ड देखाएर टिकट काट्दा समेत उक्त छूट उपलब्ध हुनेछ । साथै, उक्त कार्डको प्रयोग गरेवापत देशभरका विभिन्न होटल, रेष्टुरेन्ट, अस्पताल र यती एयरलाइन्सको स्काई क्लव कार्डमा उपलब्ध हुने सम्पूर्ण सुविधा एवं छूटहरू प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यो कार्ड लिनका लागि बैंकको शाखा कार्यालयमा पुगेर आवेदन दिनु पर्नेछ । यो सम्झौतापछि टिकट खरिदमा अधिकतम छूटका अलावा विभिन्न सेवाहरूमा विशेष छूट पनि प्राप्त हुने बैंकको भनाइ छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS