GBIME
IME Life

बैंकमा थुप्रियो साढे ६४ खर्ब रुपैयाँ, कति गयो कर्जा ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा साढे ६४ खर्ब रुपैयाँ थुप्रिएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार भदौ ९ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप बढेर ६४ खर्ब ५० अर्ब रुपैयाँ पुगेको हो।

अघिल्लो दिनको तुलनामा भदौ ९ गते ३ अर्ब रुपैयाँ निक्षेप बढेको छ। अघिल्लो दिन भदौ ८ गते बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६४ खर्ब ४७ अर्ब रुपैयाँ थियो।

SKYWELL
Crest

भदौ ९ मा वाणिज्य बैंकहरुको कुल निक्षेप पनि ३ अर्ब रुपैयाँले बढेर ५७ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५७ खर्ब २० अर्ब रुपैयाँ थियो।

बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी पनि भदौ ९ मा ५ अर्ब रुपैयाँले बढेर ५१ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ५१ खर्ब ७९ अर्ब रुपैयाँ थियो।

निक्षेप र कर्जा लगानी दुवै बढ्दा बैंकहरुको अन्तरबैंक ब्याजदर भदौ ९ मा बढेर फेरि ३ प्रतिशत पुगेको छ। अघिल्लो दिनसम्म अन्तरबैंक ब्याजदर २.९६ प्रतिशत थियो। बैंकहरुको औसत सीडी रेसियो भने ७८.९६ प्रतिशत रहेको छ।

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS