IME Life
GBIME

शेयर बजारमा सामान्य बृद्धि हुँदा १३ अर्ब ७२ करोड माथिको कारोबार

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार बजारमा सामान्य बृद्धि देखिएको छ । आज शेयर बजार नेप्से परिसूचक ३ दशलमव ८० अंकले बढेर २,७८६ को विन्दुमा कायम भएको छ । आज ९७ कम्पनीको शेयर मूल्य बढेको छ भने १४३ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३ करोड ५० लाख ७ हजार ३९ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब ७२ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै चन्द्रागिरी हिल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनकिो ४३ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल फाइनान्सको ४१ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ३८ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै लिबर्टी इनर्जी, हिमालयन हाइड्रोपावर र मिड सोलु हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आत्मानिर्भर लघुवित्तका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशलमव ८८ प्रतिशतका दरले गुमाएका हुन् ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS