GBIME
IME Life

माछापुच्छ्रे बैंकको चाडपर्व लक्षित कर्जामा छूट योजना, यस्ता छन् सुविधा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । माछापुच्छ्रे बैंकले आउँदै गरेको चाडपर्वलाई लक्षित गरी एक महिनाको लागि कर्जा सुविधामा छूट योजना ल्याएको छ ।बैंकले तिज, दशैं, तिहार तथा छठ पर्वलाई लक्षित योजना अन्तर्गत कम्पनीले घर कर्जा लिने ग्राहकको लागि बेस रेटमा ०.५ प्रतिशत प्रिमियम ब्याजदरमा कर्जा उपलब्ध गराउने जनाएको छ ।

साथै बैंकले सोही ग्राहक गाडी कर्जा लिन इच्छुक भएमा बेस रेटमा ०.५ प्रतिशत प्रिमियम व्याजदरमा कर्जा उपलब्ध गराउने जनाएको छ । सो कर्जा लिने ग्राहकले क्रेडिट कार्ड लिन चाहेमा विशेष छूट समेत प्राप्त गर्न सक्ने समेत बैंकले जनाएको छ ।

SKYWELL
Crest

बैंकले १ करोड रुपैयाँसम्मको साना तथा मझौला कर्जाको लागि बेस रेटमा एक प्रतिशत प्रिमियम ब्याजदरमा उपलब्ध गराउनेछ । कर्जाहरुको सेवा शुल्कमा समेत विशेष सहुलियत पाइने छ । उक्त छूट योजना भदौ ३१ गतेसम्म पाइने बैंकले जनाएको छ ।

हालसम्म बैंकले सात वटै प्रदेशमा १६५ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०२ वटा एटीएममार्फत १५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS