IME Life
GBIME

सहकारी संस्था समुदाय लक्षित हुनुपर्छः प्रमुख दाहाल

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सहकारी संस्थाहरु समुदाय लक्षित हुनुपर्ने बताएकी छन् । भरतपुर ९ स्थित त्रिपुरेश्वर सहकारी संस्थाको १३ वार्षिकोत्सवको अवसरमा खाद्य उद्योग भवनको उद्घाटन तथा खाद्य गोदामको शिलान्यास गर्दै प्रमुख दाहालले स्थानीय सरकार र सहकारी समुदाय केन्द्रित भएर काम गर्नुपर्ने उल्लेख गरिन् ।

‘अहिले सहकारीमा समस्या देखिएको छ, उनले भनिन,‘सबै सहकारीहरुले मर्म विपरित काम गरेका छैनन । यही समयमा राम्रो पनि सहकारी छन् भन्ने सन्देश दिन आवश्यक छ ।’ प्रमुख दाहालले कृषिको क्षेत्रमा महानगरले धेरै काम गर्दै आएको र यस वर्ष सिँचाईको क्षेत्रमा काम गर्न लागेको बताइन् ।

Crest

नारायणी लिफ्ट सिँचाईलाई हिउँदमा पनि सञ्चालन गर्ने गरी बजेट विनियोजना गरिएकाले अब थप काम अघि बढ्ने उनको भनाई थियो ।
यस्तै महानगरका उपप्रमुख चित्रसेन अधिकारीले सहकारीको जननी जिल्ला भरतपुरले सहकारी र समुदायसँगको सहकार्यको सन्देश देशभर प्रवाह गर्नुपर्ने उल्लेख गरिन् ।

सहकारी आर्थिक विकासको मेरुदण्ड भएकाले यसलाई जगदेखि नै बलियो राख्ने कार्य सबैको भएको उनको भनाई थियो । सहकारीले सञ्चालन गरेको खाद्य उद्योगको मिलमा धान निःशुल्क रुपमा कुटाइने जनाइएको छ ।

ढुटो छोड्दा प्रतिकेजी एक रुपैयाँका दरले रकम फिर्ता गर्ने गरेको छ । अन्य खाद्यान्न कुटनी र पिसनीमा पनि स्थानीय मिलमा भन्दा कम दररेट कायम गरिएको छ । त्यस्तै तोरी पेल्दा पिना छोड्नेलाई प्रतिकेजी पाँच रुपैयाँ दिने र पिना लानेलाई प्रतिकेजी ८ रुपैयाँ लिने गरेको सो संस्थाको दररेटमा उल्लेख गरिएको छ ।

तोरीको तेल, पिना र अन्य खाद्यान्न किन्दा पनि अन्य स्थानीय मिल र पसलमा भन्दा सस्तोमा किन्न पाइन्छ । तोरी तेल प्रति लिटर ३ सय ४०, धानको ढुटो प्रतिकेजी ३५ रुपैयाँमा विक्री वितरण गरिएको सहकारीका अध्यक्ष वेदप्रसाद सापकोटाले बताए ।

संस्थाका सदस्यलाई पिना प्रतिकेजी ३५ रुपैयाँ, गैर सदस्यलाई ३८ रुपैयाँमा बिक्री गर्ने गरेको उनले बताए । एक पटकमा ५० केजीसम्म पिना किन्न पाइन्छ । सहकारीले सञ्चालन गरेको मिलमा कुटनी, पिसनी र पेलानी लगायत खाद्यान्न किन्दा सस्तो र भरपर्दो भएपछि स्थानीयको आर्कषण बढेको जनाइएको छ ।

कार्यक्रममा भरतपुर वडा नं ९ का अध्यक्ष यमलाल कँडेल, ८ का अध्यक्ष जीवनाथ कँडेल, १२ का अध्यक्ष लेखराज पन्त, ८ का वडा सदस्य पूर्णबहादुर रानाभाटले मन्तव्य राखेका थिए ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS