IME Life
GBIME

रुससँगको युद्धले बर्बाद भयो युक्रेन, बन्यो युरोपकै गरिब देश

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । रुसले फेब्रुअरी २०२२ मा युक्रेनमा हमला गर्यो र त्यसयता दुई देशबीच लगातार युद्ध भइरहेको छ। यो लडाइँले युक्रेनलाई नराम्ररी हल्लाएको छ। व्यापार–व्यवसाय ठप्प भएको छ र लाखौँ मानिसको जीविकोपार्जन संकटमा परेको छ। खानेपानी र खानेकुरा पाउन मानिसहरु घन्टौँ लाइनमा बस्नुपरेको छ।

यो लडाइँले युक्रेनका लाखौँ मानिसलाई गरिबीको रेखामुनि धकेलिएको छ। अवस्था यस्तो बनेको छ कि युक्रेन युरोपकै गरिब देश बनेको छ।

Crest

आईएमएफका अनुसार युक्रेनको प्रतिव्यक्ति आय ४ हजार ५०० अमेरिकी डलरमा झरेको छ। मोल्दोभाको अवस्था पनि उस्तै छ। यी दुवै देश युरोपका गरिब देशको सूचीमा शीर्ष स्थानमा छन्।

कोसोभो युरोपका गरिब देशहरुको सूचीमा तेस्रो स्थानमा छ। त्यहाँ प्रतिव्यक्ति आय ४ हजार ७०० डलर रहेको छ।

कोसोभोपछि आर्मेनिया, अल्बानिया, उत्तरी म्यासेडोनिया, जर्जिया, बोस्निया र हर्जगोभिना, सर्बिया र मोन्टेनेग्रो छन्। यी देशको प्रतिव्यक्ति आय ५ हजार ३०० डलर र ८ हजार डलरको बीचमा रहेको छ। यस सूचीमा टर्की (१२ हजार ५०० डलर) १५औँ र रुस १६औँमा प्रतिव्यक्ति आय १३ हजार ५०० डलरको साथ छ।

धेरै वर्षदेखि आर्थिक संकटसँग जुधिरहेको ग्रीस १७ औँ नम्बरमा छ। ग्रीसको प्रतिव्यक्ति आय १४ हजार ८०० डलर रहेको छ। शीर्ष २० गरिब देशको सूचीमा हंगेरी, क्रोएसिया र पोर्चुगल पनि परेका छन्।

धनी देशको सूचीमा भ्याटिकन सिटी पहिलो स्थानमा छ। यसको प्रतिव्यक्ति आय ६३ हजार डलर रहेको छ। त्यसपछि सान मारिनो, एन्डोरा, मोनाको, लिक्टेनस्टेन, स्विट्जरल्यान्ड, लक्जमबर्ग, आइसल्यान्ड, नर्वे, फिनल्यान्ड र डेनमार्क छन्। यी देशहरुको प्रतिव्यक्ति आय ६१ हजार २०० डलर र ४८ हजार डलरको बीचमा छ।

स्विडेन, आयरल्यान्ड, नेदरल्यान्ड, अस्ट्रिया, यूके, अस्ट्रिया, जर्मनी, बेल्जियम, फ्रान्स, माल्टा, साइप्रस, इटाली, स्पेन, चेक गणतन्त्र, स्लोभेनिया, इस्टोनिया, लाटभिया, लिथुआनिया, पोल्याण्ड र स्लोभाकियाको प्रतिव्यक्ति आय १९ हजार ५०० डलर र ४५ हजार ६०० डलरको बीचमा छ। –एजेन्सी

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

67%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS