काठमाडौं । भदौ ९ गते आइतबार नेप्से परिसूचक २८९४.५७ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक ७९.८८ अंकले घटेको छ।
१९ अर्ब ७४ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ । ब्रोकर नम्बर ५८ बाट २ अर्ब ४७ करोड ५४ लाखको कारोबार भएको छ जसमा १ अर्ब १३ करोड ११ लाखको खरीद छ भने १ अर्ब ३४ करोड ४२ लाखको विक्री छ ।
त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४५ बाट ८५ करोड ९ लाखको खरीद छ भने ८६ करोड ७३ लाखको विक्री छ ।
आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये १ ब्रोकरबाट मात्र खरिद धेरै भएको छ ।