GBIME
IME Life

रियल स्टेट कर्जाः वाणिज्य बैंकहरुबाट सवा २ खर्ब प्रवाह, ५ बैंकको हिस्सा आधा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । वाणिज्य बैंकहरुबाट गत आर्थिक वर्ष २०८०।८१ मा सवा २ खर्ब रुपैयाँ घरजग्गा (रियल स्टेट) कर्जा गएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले समीक्षा वर्षमा २ खर्ब २४ अर्ब ६५ करोड ५८ लाख रुपैयाँ रियल स्टेट कर्जा प्रवाह गरेका हुन्।

सबैभन्दा बढी रियल स्टेट कर्जा प्रवाह गर्नेमा एनआईसी एसिया बैंक रहेको छ। यो बैंकले मात्रै २८ अर्ब ६० करोड २८ लाख रुपैयाँ रियल स्टेट कर्जा प्रवाह गरेको छ। वाणिज्य बैंकहरुको कुल रियल स्टेट कर्जाको यो १२.७३ प्रतिशत हिस्सा हो।

SKYWELL
Crest

यसैगरी दोस्रोमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ। यो बैंकबाट २४ अर्ब ६३ करोड ७९ लाख रुपैयाँ रियल स्टेट कर्जा गएको छ। जुन कुल कर्जाको १०.९७ प्रतिशत हो।

तेस्रोमा नबिल बैंक रहेको छ। नबिलबाट २३ अर्ब ५५ करोड ७१ लाख रुपैयाँ रियल स्टेट कर्जा गएको देखिन्छ। यो कुल कर्जाको १०.४९ प्रतिशत हो।

प्राइम बैंक चौथो स्थानमा रहेको छ। प्राइम बैंकबाट १८ अर्ब ५७ करोड १६ लाख रुपैयाँ रियल स्टेट कर्जा भएको छ। जुन कुल कर्जाको ८.२७ प्रतिशत हो।

पाँचौँमा ग्लोबल आइएमई बैंक रहेको छ। यो बैंकबाट १५ अर्ब ८४ करोड ९० लाख रुपैयाँ रियल स्टेट कर्जा गएको छ। जुन कुल कर्जाको ७.०५ प्रतिशत हो।

वाणिज्य बैंकहरुबाट प्रवाह भएको कुल रियल स्टेट कर्जामा ५ वटा बैंकको हिस्सा करिब ५० प्रतिशत रहेको छ भने बाँकी ५० प्रतिशत १५ वटा बैंकबाट प्रवाह भएको देखिन्छ।

समीक्षा वर्षमा सबैभन्दा कम रियल स्टेट कर्जा प्रवाह गर्नेमा माछापुच्छ्रे बैंक रहेको छ। यो बैंकबाट १ अर्ब ५५ कोड ६३ लाख रुपैयाँमात्रै रियल स्टेट कर्जा भएको देखिन्छ। जुन कुल कर्जाको ०.६९ प्रतिशतमात्रै हो।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS