IME Life
GBIME

भारतमा स्योरिटी बन्ड इन्स्योरेन्स विस्तार गर्न कार्यबल गठन, बैंक र बीमकबीच साझेदारीमा जोड

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । भारतको बीमा नियामक र विकास प्राधिकरण (आईआरडीएआई) ले स्योरिटी बन्ड इन्स्योरेन्सको विस्तारलाई गति दिन र यसका चुनौतीलाई सम्बोधन गर्न कार्यदल गठन गरेको छ। कार्यदलमा बीमा कम्पनी, बैंक र पुनर्बीमा कम्पनीका प्रतिनिधिलाई समावेश गरिएको छ।

बीमा नियामक र जनरल इन्स्योरेन्स काउन्सिलले मुम्बईको स्योरिटी कन्क्लेभमा स्योरिटी बन्ड बजार सरोकारवालालाई सहयोग, बैंक र बीमा कम्पनीबीचको डाटा साझेदारी र स्योरिटी बन्ड विस्तारको सम्भावनाबारे छलफल गर्न प्लेटफर्म उपलब्ध गराएको थियो। कार्यक्रममा आईआरडीएआईका अध्यक्ष देवाशिष पाण्डाले भने, ‘भारतको पूर्वाधारको विकासमा स्योरिटी बन्डले महत्वपूर्ण भूमिका खेल्छ। सहयोग बढाएर र यसले सामना गर्ने चुनौती समाधान गरेर हामी यस बहुमूल्य वित्तीय साधनको पूर्ण क्षमताको उपयोग गर्न सक्छौँ।’

Crest

स्योरिटी बन्ड जोखिम स्थानान्तरण व्यवस्था हो। यसमा बीमा कम्पनीले लाभार्थीलाई प्रिन्सिपल वा ठेकेदारले अनुबन्धित दायित्वहरु पूरा गर्ने ग्यारेन्टी प्रदान गर्नेछ। सम्मेलनमा बीमा उद्योगले भोग्दै आएका विभिन्न चुनौतीका बारेमा पनि छलफल गरेको थियो।

यसमा नियामक समानता, जमानत क्षतिपूर्ति सम्झौताको कार्यान्वयन, डाटामा पहुँच र डाटा साझेदारी सम्झौता समावेश छन्। जनरल इन्स्योरेन्स काउन्सिल (जीआईसी) का अध्यक्ष तथा बजाज एलियान्ज जनरल इन्स्योरेन्सका प्रबन्ध निर्देशक तथा सीईओ तपन सिंघलले भने, ‘बैंक र बीमा कम्पनीबीच साझेदारी र सिमलेस डाटा आदानप्रदानले अर्को चरणमा स्योरिटीे बन्डहरु लैजान महत्वपूर्ण हुनेछ। कार्यदलको स्थापना एक महत्वपूर्ण कदम हो, जसले भारतको पूर्वाधार विकास कथामा महत्वपूर्ण भूमिका खेल्न स्योरिटी बन्डहरुलाई सक्षम पार्नेछ।’

कार्यक्रममा स्टेट बैंक अफ इन्डियाका अध्यक्ष दिनेश खरा, इन्डियन बैंक्स एसोसिएसन (आईबीए) का सीईओ सुनील मेहता, भण्डार विकास तथा नियामक प्राधिकरण (डब्लुडीआरए) का अध्यक्ष टीके मनोज कुमारको पनि सहभागिता थियो।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS