IME Life
GBIME

शेयर बजारमा सामान्य बृद्धि हुँदा १९ अर्ब १६ करोड माथिको कारोबार

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ६ दशलमव ०१ अंकले बढेर २,९७४ को विन्दुमा कायम भएको छ । आज १३२ कम्पनीको शेयर मूल्य बढेको छ भने १०९ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३३३ कम्पनीको ४ करोड ९ लाख ५१ हजार ७२० कित्ता शेयर किनबेच हुँदा १९ अर्ब १६ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शाइन रेसुङगा डेभलपमेन्ट बैंकको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोको ४७ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ४४ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै तारागाउँ रेजेन्सी, नारायणी डेभलपमेन्ट बेंक, ज्योति विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र थ्री स्टार हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी ७ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै एसबिएल डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यस बैंकका डिबेञ्चर इकाईधनीले १० प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS