IME Life

तीन जिल्ला बिदामा किन खुल्दैन शेयर बजार ? के चाहन्छन् लगानीकर्ता, के भन्छन् नियामक ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पछिल्लो समय शेयर बजार बढिरहेको छ। बजार सूचक नेप्से ३००० माथि पुगेको थियो। आज करेक्सन आएर नेप्से परिसूचक फेरि २९६६.३३ को विन्दुमा बन्द भएको छ। दैनिक कारोबार रकमले फड्को मारिरहेको छ।

यो साता सोमबार र मंगलबार सार्वजनिक बिदा दिइएको छ। सोमबार जनैपूर्णिमा परेको छ। यो दिन देशभर सार्वजनिक बिदा दिइएको छ।
मंगलबार गाईजात्रा परेको छ। यो दिन उपत्यका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा सार्वजनिक बिदा दिइएको छ।

Prabhu
Crest

सार्वजनिक बिदा नपरेको खण्डमा शेयर बजारमा साताको ५ दिनमात्रै कारोबार हुन्छ। शुक्रबार र शनिबार शेयर कारोबार हुँदैन। तर, यो साता दुई दिन सार्वजनिक बिदा परेको ३ दिनमात्रै हुनेछ भएको छ।

पछिल्लो समय शेयर बजार प्रविधिमैत्री बनेको छ। देशका ७७ जिल्लाबाटै शेयर कारोबार हुने गरेको छ। कतिपय ब्रोकर उपत्यकाबाहिर पनि शाखा विस्तार गरेर शेयर बजारमा सहज पहुँच पुर्याएका छन्।

उपत्यकामा मात्रै सार्वजनिक बिदा हुँदा अन्य जिल्ला बैंक तथा वित्तीय संस्थाका शाखाहरु खुलेर कारोबार गरिरहेका छन्। तर, प्रायः बैंक तथा वित्तीय संस्थाका केन्द्रीय कार्यालय काठमाडौंमै रहेकोले शेयर कारोबार पनि उपत्यकामा सार्वजनिक बिदा पर्दा बन्द रहने गरेको तर्क दिइन्छ।

त्यसो राजस्व संकलनका लागि नेपाल राष्ट्र बैंकले नै सार्वजनिक बिदा वा शनिबारका दिन पनि बैंक तथा वित्तीय संस्थाहरुलाई राजस्व काउन्टर सञ्चालन गर्न निर्देशन दिने गरेको छ। शेयर बजारमा पनि अहिलेसम्म शेयर किनबेच गरेकै दिन कारोबार राफसाफ हुँदैन, २–३ दिन लाग्छ। त्यसैले यस्तो अवस्थामा उपत्यकामा सार्वजनिक बिदा दिँदा शेयर बजार भने खुला रहनुपर्ने कतिपय बजार जानकारको तर्क छ।

बजार जानकार प्रेम ओली उपत्यका बिदा दिएर शेयर बजार नै बन्द गर्नु अनुचित रहेको बताए। ‘पहिले पो प्रविधिको प्रयोग त्यति हुँदैन थियो, अहिले त शेयर बजार प्रविधिमैत्री भएको छ, देशका कुनाकाप्चादेखि विदेशीमा रहेका नेपाली अहिले शेयर बजारमा कारोबार गरिरहेका छन्’, उनले भने, ‘पैसाको कारोबार पनि नगद हुँदैन अहिले। शेयर कारोबार सबै राफसाफ एक क्लिकका भरमा हुन्छ। राति १२ बजे पनि अनलाइनबाटै पैसा पठाउन सकिन्छ।’

तीन जिल्लामा बिदा दिएर शेयर बजार बन्द गरिँदा बाँकी ७४ वटा जिल्लाका शेयर लगानीकर्ता मर्कामा पर्ने ओलीको तर्क छ। ‘बाँकी जिल्लामा सबै सार्वजनिक निकाय र बैंक तथा वित्तीय संस्था खुल्छ’, उनले भने, ‘शेयर बजार ३ जिल्लामा बसोबास गर्ने मानिसहरुको मात्रै कारोबार गर्ने थलो होइन। यो सबैको साझा मञ्च हो।’

उपत्यकामा बिदामा नेप्से बजार चलाउने र ब्रोकरले टीएमएस खोल्दिने हो भने शेयर कारोबार सजिलै गर्न सकिने ओलीको भनाइ छ।

अर्का बजार जानकार माधव बिडारी पनि उपत्यकामा सार्वजनिक बिदा दिँदा शेयर बजार बन्द गर्न हुने बताउँछन्। ‘पहिले कारोबारलाई ध्यानमा राखेर उपत्यकामा बिदा दिँदा शेयर बजार पनि बन्द गर्नुपर्ने बाध्यता थियो, अहिले सबै प्रविधिमैत्री भइसकेको छ’, उनले भने, ‘शनिबारका दिन पनि हामीले प्रविधिको प्रयोग गरेर सजिलै पैसाको कारोबार गर्न सक्छौँ। यस्तो अवस्थामा ३ जिल्लामा बिदा दिँदा पूरै देशभर नै शेयर कारोबार बन्द गर्नु उचित देखिँदैन।’

‘अर्कोतर्फ नेपालको शेयर बजारमा कारोबार राफसाफ हुन २–३ दिन लाग्ने भएकोले केही जिल्लामा सार्वजनिक बिदा परेकै भरमा देशभरबाटै शेयर कारोबार गर्न नमिल्ने बनाउनुले कुनै अर्थ राख्दैन’, बिडारीले भने।

नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले उपत्यकामा बिदा हुँदा शेयर बजार खुल्नुपर्छ वा पर्दैन भन्ने विषयमा नेपाल धितोपत्र बोर्डले र नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले निक्र्यौल गर्ने कुरा रहेको बताए। ‘शेयर बजार उपत्यका बिदाका दिन खोल्ने वा नखोल्ने भन्ने कुरा हाम्रो होइन’, उनले भने, ‘तर, ती दुवै निकायले उपत्यका बिदा दिन शेयर बजार खोल्नुपर्छ भन्ने बैंकिङ च्यानलबाट त्यसमा कुनै बाधा पुग्दैन अर्थात कारोबार गर्न सकिन्छ।’

सीडीएससीका प्रवक्ता सुरेश न्यौपाने अहिलेको केन्द्रकृत प्रणालीका कारण उपत्यकामा दिइएको सार्वजनिक बिदा दिन शेयर कारोबार खुला गर्न सम्भव नभएको बताउँछन्। ‘शेयर कारोबार राफसाफकै कारण पनि यो सम्भव छैन’, उनले भने, ‘किनकि शेयर कारोबार राफसाफ प्रभावित नहुने गरी बिदाका दिन पनि शेयर बजार खुलाउने हो भने सबै निकाय सेबोन, नेप्से र बैंकहरु खुला हुनुपर्छ। जुन सम्भव छैन।’

नेपाल धितोपत्र बोर्डका एक उच्च अधिकारीले भने भारतमा जस्तै शेयर कारोबार गरेकै दिन राफसाफको व्यवस्था भएमा र सबै लगानीकर्ताले अनलाइन प्रणालीबाट कारोबार गर्न सम्भव भएमा उपत्यका बिदाका दिन पनि शेयर बजार खुलाउन सकिने बताए। ‘त्यसका लागि धितोपत्र कारोबारसम्बन्धी व्यवस्थामै फेरबदल गर्नुपर्छ’, ती अधिकारीले भने, ‘बिदा दिन कर्मचारीलाई कसरी काममा खटाउने भन्ने व्यवस्था पनि सबै निकायले मिलाउनुपर्छ। तर, अहिलेको व्यवस्थाबमोजिम भने उपत्यकामा सार्वजनिक बिदा दिइएको बेला शेयर बजार खुलाउन सम्भव छैन।’

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS