IME Life
GBIME

नेसनल लाइफको कहिले बस्दैछ वार्षिक साधारणसभा ? के-के छन् मुख्य अजेन्डा ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो ३६ औँ वार्षिक साधारणसभा आह्वान गरिसकेको छ। कम्पनी सञ्चालक समितिको असार ७ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो भदौ ७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७९।८० का लागि प्रस्तावित चुक्तापुँजी ५ अर्ब १ करोड १६ लाख ६६ हजार ४२५ रुपैयाँको कुल १४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर रहेको छ। सभाले नगद लाभांश र बोनस शेयरबापतको कर प्रयोजनका लागि ३ करोड ६९ लाख २८ हजार ६८.३९ रुपैयाँ नगद लाभांश स्वीकृत गर्नेछ।

Crest

सभाले कम्पनी ऐन, २०६३ को दफा १०५ (१)ग बमोजिम आव २०७९।८० मा भएको खर्च अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

आव २०७९।८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि सभाले स्वीकृत गर्नेछ। आव २०८०।८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक पनि सभाले निर्धारण गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले गत साउन २४ गते १ दिन बुक क्लोज गरिसकेको छ। यसको मतलब साउन २३ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS