IME Life

चिनियाँ कम्पनी बिवाइडीको विद्युतीय कारको व्यापारमा पनि चाैधरी समूहको प्रवेश

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चाैधरी समूहले दक्षिण एशियाली मुलुक श्रीलंकामा चीनियाँ ब्राण्ड बिवाइडीको विद्युतीय कार(इभी) बिक्रीका लागि श्रीलंकाली बहुर्राष्ट्रिय कम्पनीसँग साझेदारी गरेको छ।

विश्वमा सर्वाधिक बिक्री हुने विद्युतीय कारका रूपमा पहिचान बनाएको बिवाइडीको बढ्दो व्यापारबाट लाभ लिनका लागि चाैधरी समूहको सिजी कर्प ग्लोबलले जोन किल्स होल्डिङ्गससँग साझेदारीका लागि सम्झाैता गरेको हो। जोन किल्स सिजी अटो प्रालि कम्पनीमार्फत् यी दुबै व्यापारिक घरानाले संयुक्तरूपमा कारको बिक्री गर्ने भएका हुन् ।जोन किल्स होल्डिङ्गसले सन् २०२३ देखि श्रीलंकाको बजारमा बिवाइडी कारको अधिकृत बिक्रेताको मान्यता पाएको हो।

Prabhu
Crest

चिनियाँ प्रतिनिधिहरूको उपस्थितिमा गत बुधबार राजधानीमा कोलम्बोमा संयुक्तरूपमा सिजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चाैधरीले कारको प्रदर्शनी कक्षको उद्घाटन गरेका छन् ।

जोन किल्स होल्डिङ्गसले आफ्नो खुद्रा व्यापार केन्द्रहरूमा विद्युतीय कार चार्जिङका स्टेशन निर्माण गर्ने भएको छ। इकोनोमी नेक्स्ट डट कमका अनुसार किल्सले ६ देखि १२ महिनामा ५० वटा नयाँ चार्जिङ स्टेशन स्थापना गर्ने घोषणा गरेको छ।  श्रीलंकामा यसअघि नै ३ सय वटा चार्जिङ स्टेशन सञ्चालनमा छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS