IME Life

लघु निर्जीवन बीमकको नाफा पौने २ करोड बढी, पाँच सूचकमा दाँजेर हेर्दा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लघु निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८० /८१ को अन्त्यसम्ममा कुल पौने २ करोड बढी नाफा आर्जन गरेका छन् । कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार हाल सञ्चालनमा रहेका लघु निर्जीवन बीमा कम्पनीहरुले १ करोड ८० लाख ३४ हजार रुपैयाँ आर्जन गरेका हुन् ।

समीक्षा अवधिमा सबैभन्दा धेरै ट्रष्ट माइक्रोले नाफा आर्जन गरेको छ । कम्पनीले यस अवधिमा १ करोड ९ लाख ५१ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीले यस अवधिसम्ममा १ करोड ६३ लाख ७६ हजार कुल बीमाशुल्क संकलन गरेको छ । महाविपत्ति कोषमा ६ लाख ८५ हजार रहेको छ । रिटेन्ड अर्निङमा ५९ लाख ८५ हजार रुपैयाँ र बीमा कोषमा २ करोड ४४ लाख ५५ हजार रुपैयाँ रहेकोछ।

Prabhu
Crest

समीक्षा अवधिसम्ममा नेपाल माइक्रो इन्स्योरेन्सले २९ लाख ५४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले ५ करोड १५ लाख ८४हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीको महाविपत्ति कोषमा ३ लाख ६२ हजार रहेको छ । रिटेन्ड अर्निङमा ३० लाख ९८ हजार र बीमा कोषमा ६९ लाख ९३ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले समीक्षा अवधिसम्ममा २३ लाख ४१ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीले ४ करोड ५० लाख २५ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । महाविपत्ति कोषमा ३ लाख ४९ हजार रहेको छ । रिटेन्ड अर्निङमा २७ लाख २१ हजार र बीमा कोषमा ८५ लाख ७ हजार रुपैयाँ हरेको छ ।

त्यसैगरी स्टार माइक्रो इन्स्योरेन्सले समीक्षा अवधिसम्ममा १७ लाख ८८ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीले १ करोड ६६ लाख ४४ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । महाविपत्ति कोषमा ३ लाख ५ हजार रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङमा २६ लाख ५२ हजार र  बीमा कोषमा ६४ लाख ९५ हजार रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS