IME Life

दुई महिना बढी हुँदा पनि प्राधिकरणले कार्यकारी निर्देशक नियुक्ति गर्न सकेन, के हो कारण ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले रिक्त कार्यकारी निर्देशकको पदमा अझै नियुक्ति गर्न सकेको छैन। प्राधिकरणमा कार्यकारी निर्देशकको पद साढे २ महिनाभन्दा बढी समयदेखि रिक्त रहेको छ।

गत जेठ १२ गते उमेर हदका कारण राजुरमण पौडेल कार्यकारी निर्देशकबाट अनिवार्य अवकाशमा गएका थिए। त्यसपछि कार्यकारी निर्देशक पदमा नयाँ नियुक्ति हुन सकेको छैन।

Prabhu
Crest

यसैगरी प्राधिकरणमा निर्देशकको पद पनि खाली छ। गत जेठ ३२ गते दिनेशलाल कर्ण पनि निर्देशकबाट अनिवार्य अवकाश भएका थिए।

लामो समयदेखि प्राधिकरणको माथिल्लो दुई पद खाली रहेको छ। हालसम्म प्राधिकरण यी दुवै पदमा नियुक्तिका लागि कुनै पनि प्रक्रिया अगाडि बढाएको छैन।

रिक्त दरबन्दीमा पदपूर्ति गर्न प्राधिकरण दरखास्त आह्वान गर्नुपर्छ। त्यसपछि योग्यताका आधारमा प्राधिकरणले दरखास्त दिएकामध्येबाट सर्टलिस्ट गर्छ। अनि तिनै सर्टलिस्टमा परेका उम्मेदवारमध्ये योग्यता र कार्ययोजना प्रस्तुतीकरणका आधारमा बढी अंक ल्याउनेलाई प्राधिकरणले कार्यकारी निर्देशक र निर्देशकमा नियुक्त गर्छ।

बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले आर्थिक वर्ष २०८०।८१ मा लोकसेवा आयोगको सहमतिमा एकपटक कर्मचारी पदपूर्ति गरिएकोले दोस्रोपटक पदपूर्तिका लागि विज्ञापन खुलाउन नसकिएको बताए। ‘एक आर्थिक वर्षमा एकपटक मात्र लोक सेवाबाट सहमति लिएर विज्ञापन खुलाउन पाउने नियम छ, त्यही भएर गत आर्थिक वर्षमा दोस्रो विज्ञापन खुलाउन पाइएन’, उनले भने, ‘अब चालु आर्थिक वर्षमा विज्ञापन खुलाउन पाइने भएकोले छिट्टै दरखास्त आह्वान गरिनेछ।’

अध्यक्ष सिलवालले कार्यकारी निर्देशक, निर्देशकसहित देशभर प्राधिकरणका कार्यालयहरुमा अन्य कति दरबन्दी खालि छ भनेर तथ्यांक संकलन गर्ने काम भइरहेको बताए। ‘केही दरबन्दी थप्नुपर्छ कि भनेर छलफल पनि भइरहेको छ’, उनले भने, ‘एक वर्षमा एकपटक मात्र कर्मचारी पदपूर्तिका लागि विज्ञापन खुलाउन पाइने भएकोले सोहीअनुसार एकैपटक रिक्त रहेका सबै दरबन्दीमा पदपूर्ति गर्ने तयारीमा हामी छौँ। छलफल पनि भइरहेको छ। छिट्टै विज्ञापन खुलाउँछौँ’ अध्यक्ष  सिलवालले भने ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS