IME Life

नेपाल लाइफलाई प्राधिकरणको बोर्डले जरिवानाबाट किन दियो उन्मुक्ति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नियामकीय स्वीकृति बिना नै शेयरमा लगानी गरेको विषयमा नेपाल बीमा प्राधिकरणले कारवाहीबाट उन्मुक्ति दिएको छ। सहायक कम्पनी नेपाल लाइफ क्यापिटलमा प्राधिकरणको स्वीकृति नै नलिई हकप्रद शेयरमा लगानी गरेको विषयमा प्राधिकरण सञ्चालक समितिले उन्मुक्ति दिंदै नसिहत मात्र दिएको हो ।

नेपाल लाइफ इन्स्योरेन्सको सञ्चालक समितिले प्राधिकरणसँग स्वीकृति प्राप्त नहुँदै असार २५ गते हकप्रद शेयरवापत क्यापिटलमा ७ करोड ६४ लाख ७४ हजार ५०० रूपैयाँ लगानी गरेको हो । इन्स्योरेन्स खबरले यो विषय प्रकाशमा ल्याएपछि प्राधिकरणले नेपाल लाइफसँग लिखित स्पष्टीकरण मागेको थियो । स्पष्टीकरणमा नेपाल लाइफले सहायक कम्पनीको हकप्रद शेयरमा लगानी गर्न प्राधिकरणको पूर्व स्वीकृति आवश्यक नपर्ने भन्दै प्रचलित कानूनी प्रावधानलाई नै चुनाैती दिएको थियो ।

Prabhu
Crest

नेपाल लाइफले सन्तोषजनक स्पष्टीकरण नदिएपछि प्राधिकरणको नियमन महाशाखाले नगद जरिवानासहित कारवाहीको लागि सञ्चालक समिति समक्ष राय पेश गरेपनि सञ्चालक समितिले नगद जरिवाना गर्नु उपयुक्त नहुने भन्दै नेपाल लाइफलाई नसिहत मात्र दिने निर्णय गरेको हो।

प्राधिकरणको बोर्डका अध्यक्ष समेत रहेका प्राधिकरण अध्यक्ष सूर्यप्रसाद सिलवालले इन्स्योरेन्स खबरसँग कुराकानीमा भने, ‘नेपाल लाइफलाई नसिहत दिने निर्णय भएको छ।’ नगद जरिवाना किन नगरिएको भन्ने जिज्ञासमा सिलवालले थपे,नसिहत भनेको पनि कारवाही नै हो, अहिलेका लागि बोर्डले यही निर्णय गरेको छ।

जीवन बीमकको लगानी निर्देशन २०७९ (दोस्रो संशोधन) को प्रावधान अनुसार सहायक कम्पनीमा लगानी गर्नुपूर्व बीमकले अनिवार्य रुपमा प्राधिकरणको स्वीकृति लिनुपर्छ। बीमा ऐन २०७९ को प्रावधान अनुसार नियामकीय निर्देशन अटेर गर्ने बीमकविरूद्ध ५० लाख रूपैयाँसम्म जरिवाना गर्न सक्ने अधिकार प्राधिकरणको बोर्डलाइ छ। तर प्राधिकरणको बोर्डका सदस्यले कारवाहीमा उदारता देखाउँदै उन्मुक्ति दिंदै  निर्देशनलाई नेपाल लाइफको सञ्चालक समिति र व्यवस्थापनले पटक–पटक अटेर गर्दै आएको छ।

नेपाल लाइफको क्यापिटलमा ५१ प्रतिशत शेयर स्वामित्व छ। क्यापिटलले चुक्ता पूँजी वृद्धि गर्नका लागि प्रति कित्ता रू. १०० का दरले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो । हकप्रद शेयर वितरणको निर्णयसँगै क्यापिटलको सञ्चालक समितिले शेयर बाँडफाँड समेत गरि सकेको छ। क्यापिटलबाट गत असार ३० गते नै हकप्रद शेयर बाँडफाँडको निर्णय भइसक्दा पनि नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०।८१ को चाैथो त्रैमासिक वित्तीय विवरणमा क्यापिटलमा शेयर पूँजी वृद्धिको विवरण प्रकाशन गरेको छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS