IME Life

आफ्नै देशमा करिअर बनाउँछु भन्नेलाई बीमा अभिकर्ता उत्कृष्ट पेसाः किरण गौतम

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । व्यापार गर्ने सबै व्यापारी सफल हुँदैनन्। व्यापारप्रतिको माया, मेहनत र दिगोपनले नै सफल बनाउन सक्छ। बजारमा सधैँ एकैनासको व्यापार नहुन सक्छ। तर, हरपल एकैनासको व्यापार गर्न खोज्नु पनि सफल व्यक्तिको पहिचान बन्न पुग्छ। यस्तै अथाह परिश्रम गरेर बीमा बजारमा आफ्नो परिचय बनाएका व्यक्ति हुन्, किरण गौतम। साँच्चै किरण आफ्नो पेसाप्रति इमानदार र मेहनती छन्। उनी बिहानबाट बेलुकासम्म बीमा बजारमा लड्भीड गरिरहेका हुन्छन्, केवल बीमा पोलिसी बेच्नका लागि। उनी बीमा बजारमा नयाँ पुस्ताका व्यक्तित्व भए पनि सफल अभिकर्ताका रुपमा आफ्नो नाम परिचित बनाउन सफल भएका छन्।

हाल किरण सिटिजन लाइफ दमक शाखाका एजेन्सी म्यानेजर छन्। उनी बीमा शिक्षा, बीमा जागरण तथा बीमा शिक्षा बाँड्नमै व्यस्त रहन्छन्। ‘कसरी मानिसलाई सुरक्षा प्रदान गर्न सकिन्छ भनेर म धेरै समय बीमा बजारमा नै बिताउने गरेको छु’, किरणले भने, ‘बीमा सबैको पहुँचमा भइदिए हुन्थ्यो भन्ने हेतुले नै म धेरै ठाउँसम्म बीमा गर्न पुग्छु।’

Prabhu
Crest

 

२०५८ सालमा चुलाचुली गाउँपालिका–४ इलाममा जन्मिएका किरणको बाल्यकाल सामान्य परिवारमा नै बित्यो। आफ्नो गाउँमा ६ कक्षा पास गरेका किरण पढ्नका लागि सानै उमेरमा झापाको दमक झरे। उनले दमकमै ७ कक्षाबाट स्नातकसम्मको अध्ययन गरे। राम्रो शिक्षा लिनका लागि नै किरण गाउँबाट दमक झरेका थिए। किरणका बुवा–आमाले किराना पसल र डेरीको व्यापार गर्थे। किरणले साधारण रुपमा नै आफ्नो बाल्यकाल बिताएको स्मरण गर्दै भने, ‘बुवा–आमाले व्यापार गरेर हामीलाई पढाउनुभयो। मेरो बाल्यकाल त्यति धेरै उत्कृष्ट त थिएन तर दुःख पनि भएन।’

आफ्नो घरमा पसल भएका कारण किरण सानैबाट व्यापारिक माहोलमा हुर्किन पाए। त्यही नाताले पनि होला किरणलाई सानैबाट व्यापार–व्यवसाय नै गर्न पर्छ भन्ने मानसिकताले झक्झकाउँथ्यो। सानैबाट किरणमा सेल्स कसरी गर्ने भन्ने ज्ञान थियो। कसरी मानिसलाई सामान बेच्न सकिन्छ भन्ने खुबी किरणमा थियो। आज त्यही क्षमताले नै सार्थकता पाएको छ। बुवा–आमाको व्यापारिक कर्मले सानैबाट सेल्सको ज्ञान पाएका किरणले अहिले बीमा बजारमा सफलता पाएका छन्।

यसरी लागे अभिकर्ता पेसामा
प्लस टुको अध्ययन सकेर किरण २०७८ सालमा सिटिजन लाइफमा प्रवेश गरेका थिए। प्लस टु सकेर बसेका किरणलाई केही गर्नुपर्छ भन्ने लागिरहेको समयमा छिमेकी दाइ पर्ने राजेश पौडेलले ‘बीमा क्षेत्रमा राम्रो करिअर बनाउन सकिन्छ। आऊ सँगै मिलेर सिटिजन लाइफमा काम गरौँ। तिमीले काम पनि गर्न सक्छौ’ भने। छिमेकी दाइले भन्नुभन्दा पहिला नै किरणलाई बीमा कम्पनीमा प्रवेश गर्न मन थियो। सानैबाट व्यापारप्रति चासो भएर पनि होला किरणले बीमा क्षेत्रमा पनि व्यापारिक, सुरक्षित र करिअरको हिसाबले राम्रो ठानेर प्रवेश गर्ने सोच बनाएका थिए। तर, छिमेकी दाइको पनि सल्लाहले किरण आज बीमा क्षेत्रमा जमेका छन्।

उनै छिमेकी राजेश दाइले भनेअनुसार किरणले अभिकर्ता बनेर काम गर्ने निधो गरे। अन्ततः किरणले २०७८ सालमा सिटिजन लाइफबाट अभिकर्ता लाइसेन्स लिएर काम गर्न थाले। उनले कम्पनीमा प्रवेश गरेकै दिन १० लाखको बीमा गर्न सफल पनि भए। बीमाप्रति ज्ञान भएको कारणले पनि पहिलो बीमा गराउन गाह्रो नभएको किरण बताउँछ्न्। गाउँका मानिसले धेरै बीमा नबुझेको र बीमा गर्नेले पनि बीमा नबुझेका कारण आफूले बीमा शिक्षा बाँडेर बीमाको पहुँच विस्तार गर्न सकिन्छ र सबैलाई बीमा गराएर सुरक्षित राख्न सकिन्छ भन्ने सोचेर किरणलाई यो पेसा दिनप्रतिदिन मन पर्दै गयो।

जति अभिकर्ता तालिम लिँदै गए, त्यति नै किरणलाई यो पेसा मन पर्न थाल्यो। बीमा गराएका मानिसले पनि विभिन्न भ्रममा बीमा गरेको किरणले पाए। पहिला किरण बीमा क्षेत्रमा प्रवेश गर्दा बीमा कम्पनी डुब्छ, भाग्छ भन्ने धेरै थिए। अहिले बीमा सचेतनाले गर्दा पनि होला बीमालाई धेरैले बुझेको किरणको अनुभव छ।

किरण बीमा क्षेत्रमा प्रवेश गरेको समयमा बीमालाई धेरै मानिसले टिकाटिप्पणी गर्ने गरेका थिए। किरणले भने, ‘ए तँ पनि एजेन्ट बनेको ? कस्तो दलाली पेसा रोजेको भन्थे। बीमा बुझ्ने पढे–लेखेका मानिसबाट नै त्यस्ता प्रतिक्रिया आउँथ्ये। तर, हिजो त्यस्तो बोल्नेको नि आज मुख बन्द भएको छ।’

साथीभाइ विदेश जानेको लर्को लागिरहेको समयमा किरणले नेपालमा नै करिअर छ, गर्न सक्यो भने साचेर विदेश जान छोडेर इन्स्योरेन्स क्षेत्रलाई कसैको मतलब नगरी प्रवेश गरे। ‘अहिले बीमा क्षेत्रमा नाम र दाम सबै कमाएको छु। परिवारसँग नेपालमै बस्न पाएको छु’, उनले भने, ‘बीमा बुझाएर गर्यो भने बीमा गर्न गाह्रो छैन। पटक–पटक गएर बीमाबारे ज्ञान दिनु नै राम्रो कुरा हो। नबुझेकालाई बुझाउनु नै ठुलो कुरा हो। बीमा बुझेपछि त आफैँ बीमा गर्न खाजेर आउनुहुन्छ।’

किरणले अहिले एक सय प्लस बीमा पोलिसी बिक्री गरिसकेका छन्। आम्दानीको हिसाबले कसैको जीवन सुरक्षा गर्न पाएकोमा किरण सन्तुष्ट छन्।

अभिकर्तामा लागेपछि पाएको परिवर्तन
अभिकर्ता पेसामा नै जोडिएपछि किरणको जीवनशैलीमात्रै फेरिएन विचार र सोचाइसमेत फेरियो। बीमा अभिकर्ता बनेपछि उनी आफैँले आफ्नो जीवन नै परिवर्तन भएको अनुभव सुनाउँछन्। अभिकर्ता पेसामा प्रवेश गरेपछि कसरी बोल्ने, कसरी हिँड्नेलगायतका स–साना कुरादेखि ठूल्ठूला कुरामा समेत परिवर्तन भएको महसुस उनले गरेका छन्। किरण भन्छन्, ‘मैले यो पेसाबाट सबै थोक पाएँ। यो पेसाबाट आर्थिक बाटो बलियो हुनुका साथै साथीभाइ, परिवार र इष्टमित्र सबैबाट राम्रो प्रतिक्रिया पाएको छु। यो पेसा आफ्ना लागि एक दरिलो अभिभावक भएर उभिएको किरणले सुनाए।

किरण भन्छन्, ‘बीमा अभिकर्ता चुनौतीपूर्ण नै पेसा हो। बीमा भनेको विश्वासको पेसा हो। त्यस कारण विश्वासको काम गर्न पक्कै सजिलो छैन। तर, बुझाएर गर्यो भने गाह्रो पनि छैन।

सफल अभिकर्तामा हुनुपर्ने गुण
एउटा सफल बीमा अभिकर्तामा विभिन्न खालका गुण हुनुपर्ने किरणको तर्क छ। अभिकर्ता आफ्नो पेसाप्रति लगनशील भएर लाग्नुपर्ने उनको भोगाइ छ। निरन्तर रुपमा लागिपर्ने जोकोही पनि यो पेसामा सफल हुन सक्छन्। एउटा इन्स्योरेन्स गराउन पटक–पटकसम्म पनि लागि परिरहेको उदाहरण दिँदै किरणले अभिकर्तामा धैर्यता हुनुपर्ने बताए। ‘कम्पनीका बारेमा ज्ञान र कम्पनीको पोलिसीका बारेमा जानकारी हुनुपर्छ’, उनी भन्छिन्, ‘साथै, मेहनती, इमान्दार, सहनशीलता, बीमा बुझाउन सक्ने र ग्राहकको कुरा सुन्न सक्ने गुणहरु बीमा अभिकर्तामा हुनुपर्छ। म करिअर नै बनाउँछु भनेर आउनेलाई यो पेसा उत्तम छ।’

अभिकर्ता पेसामा आउने नवप्रवेशीलाई किरणको सुझाव
बीमा अभिकर्ता पेसामा प्रवेश गर्न चाहने नवप्रवेशीलाई लक्षित गर्दै किरणले निरन्तर रुपमा लागिपरेर काम गर्दा आम्दानीको हिसाबले राम्रो रहेको बताए। ‘सेवा गर्न चाहनेलाई सेवा पनि हुने, कसैको जीवनको सुरक्षा गरिदिने र आफूलाई पनि आम्दानी हुने पेसा अभिकर्ता हो’, उनले भने, ‘बीमा संसारभरि नै अवलम्बन गरिएको पेसा हो। समयभन्दा अगाडि नै परिपक्क बनाउने पेसा बीमा अभिकर्ता पेसा हो। आर्थिक रुपमा सबल हुने भएकाले यो पेसा राम्रो छ। बोल्नदेखि हरेक कुरामा आफू अब्बल र सक्षम हुन सिकाउने भएकाले गर्दा पनि अभिकर्ता पेसा सबैभन्दा उत्कृष्ट छ।’

बीमा क्षेत्रमा सफलता पाएका किरणले अहिले आफ्नै कन्सल्टेन्सी पनि चलाउने गरेका छन्। उनी २०२२ मा एमडीआरटी बन्न पनि सफल भएका छन्। किरणले गोल्ड क्लब, ग्रोन्स क्लबलगायतका विभिन्न अवार्ड हात पार्न सफल भएका छन्। किरणले कम्पनीले दिने टार्गेट मिट गरी थाइल्यान्ड, सिंगापुर र मलेसिया टुरका लागि पनि योग्य भएका थिए। उनले आफ्नो टार्गेट मिट गर्न हरपल अगाडि बढ्छन्। सिटिजन लाइफले आज दिएको सफलताले खुसीको सीमा नै नभएको भन्दै किरणले कम्पनीलाई धन्यवाद दिए। किरण भन्छन्, ‘कम्पनीले अभिकर्ताप्रति गर्ने व्यवहार, म्यानेजमेन्ट टिम सहयोगी भएकै कारण आज सफल भएको छु।’

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS