IME Life
GBIME

शेयर बजार ३४ अंकले बढ्दा २३ अर्ब ४३ करोडको कारोबार

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३४ दशमलव २९ अंकले बढेर २,९५७ को विन्दुमा कायम भएको छ । आज १५६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७९ कम्पनीको घटेको छ ।

आज दिनभरिमा ३३२ कम्पनीको ५ करोड १२ लाख ३० हजार ३४० कित्ता शेयर किनबेच हुँदा २३ अर्ब ४३ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८६ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ८४ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपिको ७५ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै ९ वटा कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, मातृभूमि लघुवित्त, एचआइडीसीएल, माउन्टेन हाइड्रो, हिमालयन हाइड्रो, इङ्वा हाइड्रो र अपर स्याङ्गे हाइड्रोका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मन्दाकिनी हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS