IME Life

निर्जीवन बीमकको नाफा ५२% ले बढ्यो, नेपाल इन्स्योरेन्सले धेरै कमाउँदा वृद्धिदरमा आइजीआई अगाडि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष २०८० /८१ मा निर्जीवन बीमा कम्पनीहरुले ७ अर्ब ४३ करोड १३ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरुले ४ अर्ब ८६ करोड ३१ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । अघिल्लो वर्षको तुलनामा कम्पनीहरुको नाफा ५२ दशलमव ८१ प्रतिशतले बढी हो ।

समिक्षा अवधिमा सबैभन्दा धेरै नाफा नेपाल इन्स्योरेन्सले आर्जन गरेको छ । कम्पनीले यस अवधिमा ७० करोड ६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ८७ दशलमव ७९ प्रतिशतले बढी हो ।

Prabhu
Crest

दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको कम्पनीले समिक्षा अवधिमा ६९ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ८२ प्रतिशतले वृद्धि भएको हो । तेस्रोमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले ६८ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो वर्षको तुलनामा २ दशलमव ७४ प्रतिशतले कमी हो ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सले समिक्षा अवधिमा ६६ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ५० प्रतिशतले बढी हो । राष्ट्रिय बीमा कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले घटेको हो । यस अवधिमा कम्पनीले ६२ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको छ ।
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ६१ करोड २१ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १५६ प्रतिशतले बढी हो । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ६० करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ८३ प्रतिशतले बढी हो । ओरिएण्टल इन्स्योरेन्सले ५९ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ८३ प्रतिशतले बढेको हो ।

त्यस्तै, शिखर इन्स्योरेन्सले ५१ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १२६ प्रतिशतले बढी हो । प्रभु इन्स्योरेन्सले ४९ करोड ८ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ११८ प्रतिशतले बढी हो । यूनाइटड अजोड इन्स्योरेन्सले ३८ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १०८ प्रतिशतले धेरै हो ।

त्यसैगरी सानिमा जिआइसी इन्स्योरेन्सले ३३ करोड ७ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २० प्रतिशतले बढी हो । नेशनल इन्स्योरेन्सले २६ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ५१ प्रतिशतले बढी हो । एनएलजी इन्स्योरेन्सले २५ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २१ प्रतिशतले बढी हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS