IME Life

मेट लाइफको चौथो त्रैमासः खुद बीमाशुल्क आर्जन ८% ले बढ्दा जीवन बीमा कोष २६ अर्ब ९२ करोड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मेट लाइफले आर्थिक बर्ष २०८० /८१ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफा बाहेक अधिकांश सूचकमा वृद्धि देखिएको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा महाविपत्ती कोषमा ४९ करोड ४८ लाख रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङ्गमा २ अर्ब ३३ करोड ५३ लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटीमा १ अर्ब १ करोड ९४ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको जीवन बीमा कोष २६ अर्ब ९२ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा २३ अर्ब ८७ करोड थियो । अघिल्लो बर्षको तुलनामा कम्पनीको बीमा कोषको आकार बढेको हो ।

Prabhu
Crest

समिक्षा अवधिमा कम्पनीले ५० करोड ४१ लाख खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७६ करोड ५४ लाख नाफा गरेको यिो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफामा गिरावट आएको हो ।

समिक्षा अवधिमा कम्पनीले ५ अर्ब ६७ करोड ८९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ५ अर्ब २६ करोड २२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमा शुल्कमा वृद्धि भएको हो ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले पुनर्बीमा मार्फत २२ करोड २५ लाख रुपैयाँ खर्चिएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले २१ करोड ४१ लाख रुपैयाँ खर्चिएको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीले पुनर्बीमा मार्फत बढी रकम खर्चिएको हो ।

समिक्षा अवधिमा कम्पनीले ५ अर्ब ४५ करोड ६३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ५ अर्ब ४ करोड ८१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्कमा ८ प्रतिशतले वृद्धि भएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS