IME Life
GBIME

नेपाल माइक्रो इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन १ करोड ८५ लाख माथि

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले आर्थिक वर्ष २०८० /८१ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । ५२ करोड ५० लाख शेयर पूँजी भएको कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २९ लाख ५४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा ४१ लाख ९९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको महाविपत्ती कोषमा ३ लाख ६२ हजार रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्ग ३० लाख ९८ हजार रुपैयाँ रहेको छ । अन्य इक्विटीमा ३६ लाख ५७ हजार रुपैयाँ रहेको छ । समिक्षा अवधिमा कम्पनीले ५ करोड १५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

Crest

त्यस्तै कम्पनीले ३ करोड ३० लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको छ । यस अवधिमा १ करोड ८५ लाख ३८ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अभिकर्ता कमिशन मार्फत ३ लाख १४ हजार रुपैयाँ खर्चिएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS