IME Life
GBIME

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले कमायो २३ लाख ४१ हजार नाफा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आर्थिक वर्ष २०८० /८१ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । ५२ करोड ५० लाख शेयर पूँजी भएको कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २३ लाख ४१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा ४२ लाख ८९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको नाफा घटेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको स्पेसियल रिजर्भ शिर्षकमा ३४ लाख ९० हजार रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्ग २७ लाख २१ हजार रुपैयाँ रहेको छ । समिक्षा अवधिमा कम्पनीको महाविपत्ती कोषमा ३ लाख ४९ हजार रुपैयाँ रहेको छ । अन्य इक्विटीमा ४९ हजार रहेको छ । समिक्षा अवधिमा कम्पनीले ४ करोड ५० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

Crest

त्यस्तै कम्पनीले ३ करोड ६२ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको छ । यस अवधिमा ८७ लाख ६० हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अभिकर्ता कमिशन मार्फत १ लाख ७० हजार रुपैयाँ खर्चिएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS