IME Life
GBIME

राष्ट्रिय बीमा कम्पनीको नाफा पौने ६३ करोड, अन्य सूचक कस्ता ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले आर्थिक वर्ष २०८०।८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले चौथो त्रैमाससम्ममा ६२ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०७९।८० को चौथो त्रैमाससम्ममा कम्पनीले ७७ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफामा १८.८० प्रतिशतको गिरावट आएको छ।

Crest

शेयर पुँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको कम्पनीको स्पेसल रिजर्भमा ३ अर्ब ३६ करोड ६८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३ अर्ब ६१ करोड २७ लाख रुपैयाँ र महाविपत्ति कोषमा ४७ करोड २४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष स्पेसल रिजर्भमा ३ अर्ब ५ करोड ३१ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३ अर्ब ३६ करोड १७ लाख रुपैयाँ र महाविपत्ति कोषमा ४० करोड ९७ लाख रुपैयाँ थियो। अन्य इक्विटीमा भने ९ अर्ब ९९ करोड ७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष अन्य इक्विटीमा १३ अर्ब ९ करोड ८२ लाख रुपैयाँ थियो।

२०८१ असार मसान्तसम्ममा कम्पनीले १ अर्ब ६५ करोड ९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। २०८० असार मसान्तसम्ममा कम्पनीले २ अर्ब ३५ करोड ९५ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन ३०.०५ प्रतिशतले घटेको छ।

समीक्षा वर्षमा कम्पनीले ३१ करोड १० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन १३.२८ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष कम्पनीले ३५ करोड ८७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ३२.२९ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष वार्षिक ईपीएस २८९.७३ रुपैयाँ थियो। पीई रेसियो ५७.३४ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १६३२.१० रुपैयाँ रहेको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS