IME Life

निर्जीवन बीमा क्षेत्रकै सर्वाधिक नाफा गर्नेमा नेपाल इन्स्योरेन्स बन्यो पहिलो, कमायो ७० करोड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०८० /८१ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा बृद्धि देखिएको छ । नाफाको आधारमा यस कम्पनी निर्जीवन बीमा क्षेत्रमा नै पहिलो बनेको छ ।

१ अर्ब ६४ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको स्पेसल रिर्जभमा १ अर्ब ३७ करोड ४७ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा महाविपत्ती कोषमा ९ करोड ९२ लाख रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङ्गमा ३१ करोड २४ लाख रुपैयाँ र अन्य इक्विटीमा ११ करोड ७७ लाख रुपैयाँ रहेको छ ।

Prabhu
Crest

समिक्षा अवधिमा कम्पनीको बीमा कोष १ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा १ अर्ब ७२ करोड थियो । अघिल्लो बर्षको तुलनामा कम्पनीको बीमा कोषको आकार सामान्य घटेको हो ।

समिक्षा अवधिमा कम्पनीले ७० करोड ६ लाख खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ३० लाख नाफा गरेको यिो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफामा ८७ प्रतिशतले बृद्धि भएको हो ।

समिक्षा अवधिमा कम्पनीले १ अर्ब ६८ करोड ५८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले १ अर्ब ५६ करोड ६३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमा शुल्कमा ७ प्रतिशतले बृद्धि भएको हो ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले पुनर्बीमा मार्फत ९१ करोड ५९ लाख रुपैयाँ खर्चिएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ८३ करोड ८३ लाख रुपैयाँ खर्चिएको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीले पुनर्बीमा मार्फत बढी रकम खर्चिएको हो ।

समिक्षा अवधिमा कम्पनीले ७६ करोड ९८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ७२ करोड ७९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्कमा ५ प्रतिशतले बृद्धि भएको हो ।

कम्पनीको सोल्भेन्सी रेसियो २ दशलमव ०८ प्रतिशत रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ४२ रुपैयाँ ६१ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ २१५ रुपैयाँ ८१ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS