IME Life

रिलायबल नेपाल लाइफको अधिकांश सूचक बढ्यो, खुद बीमाशुल्क आर्जन ३ अर्ब ८९ करोड माथि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । ४ अर्ब ६४ करोड शेयर पूँजी भएको कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४२ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३३ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २७.५७ प्रतिशतले वृद्धि भएको हो ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले शेयर प्रिमियममा सिर्षकमा १ अर्ब ७५ करोड रुपैयाँ संचित गरेको छ । यस अवधिमा कम्पनीको महाविपत्तीकोषमा १६ करोड ३२ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्गमा ७४ करोड १२ लाख रुपैयाँ रहेको छ ।

Prabhu
Crest

त्यस्तै, आर्थिक वर्ष २०७९ /८०को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषमा ७ अर्ब ४० करोड रहेको थियो । अघिल्लो आर्थिक वर्षको असारमसान्तको तुलनामा गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषको आकार ३५.७९ प्रतिशतले वृद्धि भएर १० अर्ब ५ करोड पुगेको छ ।

असार मसान्तसम्ममा कम्पनीले ४ अर्ब २० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ७९ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन १०.८८ प्रतिशतले वृद्धि भएको हो ।

समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ३१ करोड ९ लाख रुपैयाँ खर्चिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २२ करोड ५४ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो ।

कम्पनीले यस अवधिमा ३ अर्ब ८९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ५७ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ९.१७ प्रतिशतले वृद्धि भएको हो ।

समिक्षा अवधिमा कम्पनीले ४८ करोड ६० लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५० करोड ८१ लाख रुपैयाँ खर्चिएको थियो ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ९.१९ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १५८.८४ रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%

खुसी

0%

दु :खी

0%

अचम्मित

40%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS