IME Life

पोलिसी सरेन्डरमा जीवन बीमा क्षेत्रबाट बाहिरियो साढे १४ अर्ब, कुन बीमकको कति समर्पण ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष २०८० /८१ मा जीवन बीमा कम्पनीहरुको १ लाख १३ हजार बढी बीमालेख सरेन्डर (त्याग) भएको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार एक वर्षमा १ लाख १३ हजार ९७६ वटा बीमालेख समर्पणवापत कुल १४ अर्ब ५० करोड १२ लाख रुपैयाँ बीमा कोषबाट बाहिरिएको छ ।

प्राप्त तथ्याङक अनुसार संचालनमा रहेका जीवन बीमा कम्पनीहरुमध्ये एक वर्षमा नेपाल लाइफको सरेण्डर सर्वाधिक देखिएको छ । बीमा पोलिसी सरेन्डर हुनु बीमा क्षेत्रको लागि नकारात्मक सूचक हो । पछिल्लो समय बीमा क्षेत्रमा अस्वस्थ प्रतिष्पर्धा, फोर्सफुल्ली बीमा पोलिसी खरिद, प्रलोभन लगायत गतिविधीका कारण बीमा पोलिसी सरेण्डरको दर बढ्दै आएको छ । नेपाल लाइफको २८ हजार ६ सय २७ वटा पोलिसी बराबर ४ अर्ब ४१ करोड ३९ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको हो । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको ३० दशमलव ४४ प्रतिशत हिस्सा हो ।

Prabhu
Crest

त्यस्तै, एलआइसी नेपालको ३० हजार ३०९ वटा बीमा पोलिसी वापत ४ अर्ब ३० करोड ३७ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको २९ दशमलव ६८ प्रतिशत हिस्सा रहेको छ ।

त्यस्तै, राष्ट्रिय जीवन बीमा कम्पनीको १३ हजार ९४१ वटा बीमा पोलिसी वापत १ अर्ब १० करोड रुपैयाँ बराबरको पोलिसी समर्पण भएको हो । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको ७ दशमलव ६२ प्रतिशत हिस्सा हो । नेशनल लाइफको ७ हजार ८१० वटा पोलिसी वापत १ अर्ब २ करोड रुपैयाँको पोलिसी समर्पण भएको छ । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमकोे ७ दशमलव १० प्रतिशत हिस्सा हो ।
सूर्यज्योति लाइफको ७ हजार ५ सय वटा पोलिसी वापत १ अर्ब १ करोड रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको ७ दशमलव ०२ प्रतिशत हिस्सा छ । एशियन लाइफको ५ हजार २७४ वटा बीमा पोलिसी वापत ७१ करोड ४१ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ ।

त्यसैगरी हिमालयन लाइफको ७ हजार १७१ वटा बीमा पोलिसी वापत ५५ करोड ६३ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । मेट लाइफको ४ हजार १०३ वटा बीमा पोलिसी वापत ४३ करोड २८ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । प्रभु महालक्ष्मी लाइफको १७ सय २८ वटा बीमा पोलिसी वापत २४ करोड ८६ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको हो । सानिमा रिलायन्स लाइफको १२ सय ८१ वटा पोलिसी वापत २१ करोड २६ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको हो ।

आइएमई लाइफको २६ सय ५१ वटा बीमा पोलिसी वापत १७ करोड ३३ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो । सिटिजन लाइफको १४ सय २५ वटा बीमा पोलिसी वापत १३ करोड ६६ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो । रिलायबल नेपाल लाइफको १४ सय ७४ वटा बीमा पोलिसी वापत ९ करोड ४ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो । सन नेपाल लाइफको ६८२ वटा बीमा पोलिसी वापत ६ करोड ६२ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS