IME Life
GBIME

शेयर बजार ८ अंकले घट्दा साढे २१ अर्ब बढीको कारोबार

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजारमा सामान्य गिरावट भएको छ । आज शेयर बजार नेप्से परिसूचक ८ दशमलव १८ अंकले घटेर २,९२३ को विन्दुमा कायम भएको छ । आज ८० कम्पनीको शेयर मूल्य बढेको छ भने १५७ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३३२ कम्पनीको ५ करोड २७ लाख ६४ हजार ८३२ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ५१ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको ८१ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ६८ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४४ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै मातृभूमी लघुवित्त वित्तीय संस्था, पिपुल्स पावर र दोल्ती पावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । गुडविल फाइनान्सका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । न्यादी हाइड्रोका लगानीकर्ताले ९ दशलमव ९७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९३ प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS