IME Life
GBIME

कारोबार रकमले दिन-दिनै रेकर्ड बनाउँदै, नेप्से पनि २९०० माथि

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार पनि शेयर बजारमा उछाल आएको छ । पछिलो राजनीतिक घट्नाक्रम र चालु आर्थिक वर्षको मौद्रिक नीतिमा लिइएको लचिलो व्यवस्थाले लगानीकर्ताको मनोबल बढ्दा शेयर बजारमा हरियाली छाएको हो ।

शेयर बजार लगातार उकालो लाग्दा दैनिक कारोबार रकमले पनि नयाँ नयाँ उचाई चुमिरहेको छ । आज पनि दैनिक करोबार रकमले नयाँ रेकर्ड बनाएका छ । हिजो शेयर बजारकै इतिहासमा कारोबार रकमले नयाँ रेकर्ड बनाएको थियो । सो रेकर्डलाई आज तोड्दै आज २७ अर्ब बढीको कारोबार भएको छ । यो हालसम्मकै उच्च हो ।

Crest

आज ७० दशलमव ८१ अंकले बढेर २९३१ को विन्दुमा कायम भएको छ । आज १७१ कम्पनीको शेयर मूल्य बढेको छ भने ६८ कम्पनीको घटेको छ । आज दिनभरिमा ३३९ कम्पनीको ६ करोड ४८ लाख ७६ हजार २१७ कित्ता शेयर किनबेच हुँदा २७ अर्ब २४ करोड २० ाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब २२ करोडको कारोबार भएको छ । शिवम् सिमेन्टको ९२ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल फाइनान्सको ८४ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज १४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सूर्यज्योति लाइफ, हिमालयन लाइफ, जोशी हाइड्रो, रसुवागढी, स्वेत गंगा, शुभम पावर, भिजन लुम्बिनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज यी कम्पनीक ालगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै कुथली बुखरी हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS