IME Life
GBIME

एनएलजी इन्स्योरेन्सको कृषि,पशुपंक्षी तथा जडीबुटी बीमा सम्बन्धी कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले रुकुम पश्चिमको मुसिकोटमा कृषि,पशुपंक्षी तथा जडीबुटी बीमा सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले किसानहरुको घर दैलोमा कृषि बीमाको प्रचार प्रसार तथा बीमा सेवा पुर्याउने हेतुले रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ मा साउन २५ गते शुक्रबार कृषि,पशुपंक्षी तथा जडीबुटी बीमा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रम मुसिकोट नगरपालिका वडा नम्बर १ का कार्यबाहक वडा अध्यक्ष अन्जना के.सी. वि.सि.को प्रमुख आथित्यता र एनएलजी इन्स्योरेन्स कम्पनी रुकुम पश्चिमका शाखा प्रमुख हेमराज बोहराको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।

Crest

उक्त सचेतना कार्यक्रममा बिभिन्न वडाका कृषक तथा कृषि पेशामा आवद्ध व्यवसायीहरुको उपस्थिती रहेको थियो । एनएलजी इन्स्योरेन्स कम्पनी रुकुम पश्चिम शाखाका शाखा प्रमुख हेमराज बोहराले छलफल कार्यक्रम आयोजना गर्नुको उद्देश्य, बीमाका प्रावधान र कृषि बीमाको महत्वका बारेमा जानकारी गराउँदै पशुबीमा तथा कृषी बीमा कसरी गर्ने, कुनै क्षति भए कसरी दावी लिने बिषयमा जानकारी गराएका थिए ।

कार्यबाहक वडा अध्यक्ष अन्जना के.सी. वि.सिले कृषी बीमा सम्बन्धी छलफल कार्यक्रम वडा स्तरमै किसानहरुको घरदैलोमा नै आएर आयोजना गरेकोमा खुशी व्यक्त गर्दै पालिका र वडा बाट कृषी बीमाका लागी हर सम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । साथै, पशु बीमामाझै वाली तथा तरकारी बीमालाई पनि अभियानको रुपमा अगाडी बढाउन एनएलजी इन्स्योरेन्स कम्पनीलाई अनुरोध गरिन् । किसानहरुलाई पनि आफ्ना पशु चौपाया र बालीको बीमा गरी भविष्यमा आउन सक्ने आर्थिक जोखिम बाट बच्न आग्रह गरिन् ।

कार्यक्रममा स्थानिय कृषकहरु र जनप्रतिनिधीहरु गरी जम्मा ४५ जनाको सहभागीता रहेको थियो । उक्त छलफल कार्यक्रममा सहभागी किसानहरुले बीमा दावी भुक्तानीमा सहजता ल्याउनु पर्ने , समयअनुसार पशुचौपायाहरुको बीमांक रकम बढाउनु पर्ने , बाली बीमा गर्ने कार्य झन्झटिलो भएकोले सहजता ल्याउनु पर्ने कुराहरु राखेका थिए ।

छलफलको क्रममा उठेका गुनासाका बारेमा कम्पनीका शाखा प्रमुख हेमराज बोहरा ले दावी भुक्तानी छिटो छरितो रुपमा भइरहेको र कंही कतै कमजोरी रहेको छ भने त्यसलाई सुधार गर्दै जाने र बीमांक रकममा समेत आपसी समझदारीमा चलनचल्तीको दर रेटमा बीमांक रकम कायम गरिने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी एनएलजी इन्स्योरेन्स कम्पनीका बिजनेश कोअर्डिनेटर सुनील श्रेष्ठले नेपाल सरकारले अभियानको रुपमा संचालनमा ल्याएको कृषी बीमालाई एनएलजी इन्स्योरेन्सले किसानहरुको घर दैलोमा नै आएर सेवा पुर्याउदै आईरहेको र यस्ता किसिमका छलफलका कार्यक्रमहरु निरन्तर गरिरहने जानकारी दिए ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS