IME Life
GBIME

सूर्यज्योति लाइफको उत्कृष्ट वित्तीय प्रदर्शन, खुद बीमाशुल्क २७ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले आर्थिक बर्ष २०८० /८१ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा बृद्धि देखिएको छ ।

५ अर्ब १ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको गत आर्थिक वर्षको अन्त्यसम्ममा महाविपत्ती कोषमा ३४ करोड ६८ लाख रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङ्गमा ५६ करोड ९५ लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटीमा ६१ करोड ५२ लाख रुपैयाँ रहेको छ ।

Crest

समिक्षा अवधिमा कम्पनीको जीवन बीमा कोष ३३ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा २७ करोड २९ लाख थियो । अघिल्लो बर्षको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार बढेको हो ।

समिक्षा अवधिमा कम्पनीले ३९ करोड ६५ लाख खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १६ करोड ११ लाख नाफा गरेको यिो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफामा १४६ प्रतिशतले बृद्धि भएको हो ।

समिक्षा अवधिमा कम्पनीले ९ अर्ब ४७ करोड ४७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ७ अर्ब ३४ करोड ३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमा शुल्कमा २९ प्रतिशतले बृद्धि भएको हो ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले पुनर्बीमा मार्फत ३६ करोड ८८ लाख रुपैयाँ खर्चिएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १९ करोड ६५ लाख रुपैयाँ खर्चिएको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीले पुनर्बीमा मार्फत बढी रकम खर्चिएको हो ।

समिक्षा अवधिमा कम्पनीले ९ अर्ब १० करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ७ अर्ब १४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्कमा २७ प्रतिशतले बृद्धि भएको हो ।

यस अवधिमा कम्पनीले अभिकर्ता कमिशन मार्फत ८७ करोड ३ लाख रुपैयाँ खर्चिएको छ । अघिल्लो आथिृक वर्षको यसै अवधिमा कम्पनीले अभिकर्ता कमिशन मार्फत ७६ करोड २० लाख रुपैयाँ खर्चिएको थियो ।

समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ७२ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १३० रुपैयाँ ५६ पैसा रहेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

33%

दु :खी

0%

अचम्मित

17%

उत्साहित

17%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS