IME Life New

फेरी पुलमै फर्कियो वैदेशिक रोजगारी म्यादी बीमा, जीवन बीमकलाई सहज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकको म्यादी बीमा पुनः पुल प्रणालीमार्फत् जारी हुने भएको छ । जीवन बीमा कम्पनीका प्रतिनिधिहरूबीच आइतबार भएको सहमति अनुसार वैदेशिक रोजगारी म्यादी बीमा पुनः पुल प्रणालीमार्फत् जारी गर्न लागिएको हो।

जीवन बीमा कम्पनीहरूले खुल्लारूपमा बीमालेख बिक्री गर्दा आर्थिक विचलन बढेको गुनासो आएपछि प्राधिकरणले मध्यस्थता गर्दै पुनः पुल प्रणालीमार्फत् बीमालेख जारीका लागि सहमति गर्न जीवन बीमकलाई सुझाव दिएको थियो । बीमकबीचको अस्वस्थ्य प्रतिस्पर्धाका कारण वैदेशिक रोजगार कम्पनी र बिचौलियाले अनुचित फाइदा उठाएको भन्दै केही बीमकले पुनः पुल प्रणाली लागू गराउन प्राधिकरणसँग अनुरोध समेत गरेका थिए।

Esewa
Crest

सम्बद्ध श्रोतका अनुसार  चालू आर्थिक वर्ष २०८१।८२ को साउन १ गतेदेखिकै बीमाशुल्क आम्दानीलाई समेत बाँडफाँड गर्ने गरी पुल प्रणालीमा जाने सहमति भएको हो ।

प्राधिकरणले नक्कली बीमालेख जारी हुने, बिचौलियाले अनुचित फाइदा उठाउने विकृती नियन्त्रण गर्नका लागि २०७५ माघ १ गतेदेखि पुल मार्फत् बीमालेख जारी गर्न जीवन बीमकलाई निर्देशन दिएको थियो । यो प्रावधान बीमकको दबाबकै कारण २०७९।८० को साउन १ गतेदेखि पुनः रद्द भएको थियो ।

के हो बीमा पुलः

बीमा पुल प्रणाली अन्तर्गत बीमालेख बिक्रीवापतको आम्दानी र दाबीवापतको खर्चको भार सामूहिकरूपमा निश्चित अनुपातमा व्यहोर्ने व्यवस्था गरिएको हुन्छ। यस्तो पुल प्रणालीमा सहभागि बीमकले बेग्लबेग्लै बीमालेख बिक्री गर्ने नभई एकीकृतरूपमा बिक्री गर्छन् । यसरी एकीकृतरूपमा बीमालेख बिक्री गर्दा प्राप्त हुने बीमाशुल्क आम्दानीवापतको रकम आवधिकरूपमा बीमकले बाँडफाँड गर्छन् । यसबाहेक बीमालेखवापत गर्नुपर्ने दाबी भुक्तानीवापतको खर्च भार समेत बीमकले आवधिकरूपमा बाँडफाँड गर्छन् ।

पुलमा समानुपातिकरूपमा वा तोकिएको अनुपातमा बीमाशुल्क आम्दानी र जोखिम दुबैको बाँडफाँड हुन्छ ।

यस्तो थियो २०७५ माघ १ गतेको सहमतिः

तत्कालीन बीमा समितिले २०७५ माघ १ गतेदेखि पहिलो पटक वैदेशिक रोजगारी म्यादी जीवन बीमामा पुल प्रणाली लागू गरेको थियो । पहिलो पटक पुल लागू गर्दा व्यवासय र जोखिम बाँडफाँडका लागि तत्कालीन समयमा जीवन बीमकले वैदेशिक रोजगार बीमामा प्राप्त गरेको बजार हिस्सालाई आम्दानी र जोखिमको बाँडफाँडको आधार मानिएको थियो ।

त्यसबेला नेशनल लाइफ इन्सुरेन्स १९, नेपाल लाइफ इन्सुरेन्स ११, सूर्य लाइफ १२, गुराँस लाइफ २, प्राइम लाइफ १५, आइएमई लाइफ ५, यूनियन लाइफलाई ११, रिलायन्स लाइफ १, रिलायबल नेपाल लाइफ र सिटिजन लाइफलाई समान आठ प्रतिशत बराबरको हिस्सा बाँडिएको थियो।

यसबाहेक सानिमा लाइफ, सन नेपाल लाइफ, राष्ट्रिय बीमा संस्थान, मेट लाइफ एलिको, एशियन लाइफ, ज्योति लाइफ, प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्सुरेन्सलाई समान एक,एक प्रतिशतको दरमा बजार हिस्सा निर्धारण गरिएको थियो। यस्तो सहमति लागू भएको चाैथो वर्षदेखि सबै बीमकलाई समानुपातिकरूपमा लाभ र जोखिम दुबैको वितरण गर्ने भद्र सहमति बीमकहरूबीच भएको थियो ।

जीवन बीमकले आलोपालो गर्दै बीमापुलमा कर्मचारी खटाएर बीमालेख बिक्री गर्ने व्यवस्था मिलाएका थिए । चक्रीय प्रणालीमार्फत् सन नेपाल लाइफले बीमापुल सञ्चालन गर्ने जिम्मेवारी पाएपछि पूर्व सहमति अनुसार सन नेपालले पुलको जिम्मेवारी लामो समयसम्म अन्य बीमकलाई हस्तान्तरण गरेन । र अन्ततः प्राधिकरणले २०७९ साउन १ गतेदेखि लागू हुने गरी पुल प्रणाली खारेज गरिदिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

57%
sad

दु :खी

0%
amazed

अचम्मित

43%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS