IME Life
GBIME

शेयर बजार ९४ अंकले बढ्दा कारोबार रकमले बनायो नयाँ रेकर्ड

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ९४ दशलमव ५३ अंकले बढेर २,८६० को विन्दुमा कायम भएको छ । आज २२५ कम्पनीको शेयर मूल्य बढेको छ भने १५ कम्पनीको शेयर मूल्य घटेको छ । आज कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ । गत साउन २२ गते २३ अर्ब ७१ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएर नयाँ रकेर्ड बनाएको थियो । सो कारोबार रकमलाई तोडेर आज २५ अर्ब ७७ करोडको शेयर कारोबार भएको छ ।

आज ३३० कम्पनीको ६ करोड ३ लाख २१ हजार ३२३ कित्ता शेयर कारोबार हुँदा २५ अर्ब ७७ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब ५२ करोडको शेयर कारोबार भएको हो । शिवम् सिमेन्टको १ अर्ब १६ करोडको शेयर कारोबार भएको छ । निफ्राको ६८ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै ९ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज एनएचपीसी, नेरुडे मिर्मिरे लघुवित्त, हाइड्रोइलेक्ट्रीसीटि एण्ड इन्भेष्टमेन्ट, खानीखोला हाइड्रो, आँखुखोला जलविद्युत, अपर तामाकोशी, शुभव पावर, आत्मानिर्भर लघुवित्त, मिड सोलु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज २१ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज सबैभन्दा धेरै कुथेली बुखरी हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS