काठमाडौं । सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंसको अटो मोबाइल डिभिजन सीजी मोटो कर्पले साउन २७ देखि २९ गतेसम्म मनसुन फ्री सर्भिस क्याम्प’ को आयोजना गर्ने भएको छ । कम्पनीले “KEEP YOUR CAR IN TOP SHAPE, AND LET THE MONSOON BE AN ADVENTURE” नारामा सो क्याम्पको आयोजना गर्ने भएएको हो ।
सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।
लगातार परिरहेको भारी वर्षाका कारण सवारी साधनमा नकारात्मक असर पर्न सक्ने र बेलैमा ध्यान नदिनाले विभिन्न समस्याको सम्भावना हुने कम्पनीले बताएको छ ।
ग्राहकलाई यो बिषयमा जानकारी गराउन र उहाहरुको गाडीलाई राम्रो अवस्थामा राखिराख्न सो क्याम्प सञ्चालन हुन लागेको जनाइएको छ । सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छूट र अन्य अफर पाउनुको साथै सात जना भाग्यमानी ग्राहकहरुले आकर्षक एसोसरिज प्याकेज पनि उपहारस्वरुप जित्न सक्ने कम्पनीको भनाई छ ।
सर्भिस क्याम्पमा ग्राहकले निःशुल्क एसीरहिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउनेछन् ।त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ५० प्रतिशतसम्मको छूट सुविधा दिइने छ भने लेवर चार्जमा २० प्रतिशतसम्मको छूट र स्पेयर पार्टस् र इन्जिन आयलमा १० प्रतिशतसम्मको छूट पाइनेछ ।