काठमाडौं । पछिल्लो समय विभिन्न चार्ड पर्वका साथै जन्मदिनको अवसरमा आफना लाई बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आइरहेको छ । जिन्सी, नगद र अन्य उपहारका सामान भन्दा भावी सुरक्षाको लागि बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गएको हो ।
सोही क्रममा रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं १ निवासी महेश कार्किले आफ्नी श्रीमती सरस्वती कार्की बस्नेतको जन्मदिनको अवसरमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडबाट पाँच लाख रुपैयाँको रिलायबल सुलभ जीबन बीमा पोलिसी उपहार दिएका हुन् ।
चार्ड पर्वका साथै जन्मदिनको अवसरमा गरिने विभिन्न फजूल खर्चलाई कटौती गर्दै बचत गर्नु पर्ने रहेछ भन्ने सोचको विकास हुने र भबिस्यमा आइपर्ने आर्थिक समस्या समाधान हुने उपस्थित एजेन्सी एड्भाइजर हरुले बताएका थिए ।