काठमाडौं । यो साता कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य ४६.२९ प्रतिशतले वृद्धि भएको छ । गत साता १८६३.४० रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता २७२६ रुपैयाँमा बन्द भएको छ । यो साता कम्पनीको बजार मूल्य प्रतिकित्ता ८६२.६० रुपैयाँले बढेको छ ।
त्यस्तै दोश्रोमा सगरमाथा जलविद्युत् कम्पनीको शेयरमूल्य २५.७३ प्रतिशतले वृद्धि भएको छ । गत साता ५०१ रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता ६२९.९० रुपैयाँमा बन्द भएको छ । यो साता कम्पनीको बजार मूल्य प्रतिकित्ता १२८.९० रुपैयाँले बढेको छ ।
तेश्रोमा माथिल्लो मैलुङ खोला जलविद्युत्को शेयरमूल्य २५.२३ प्रतिशतले वृद्धि भएको छ । गत साता ५५१ रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता ६९० रुपैयाँमा बन्द भएको छ । यो साता कम्पनीको बजार मूल्य प्रतिकित्ता १३९ रुपैयाँले बढेको छ ।