IME Life
GBIME

शेयर बजारमा सामान्य बृद्धि हुँदा २० अर्ब माथिको कारोबार

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजारमा सामान्य बृद्धि भएको छ । आज शेयर बजार नेप्से परिसूचक ६ दशलमव ७० अंकले बढेर २,७६६ को विन्दुमा कायम भएको छ । आज ७९ कम्पनीको शेयर मूल्य बढेको छ भने १५९ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२२ कम्पनीको ५ करोड ९ लाख ४६ हजार ८३२ कित्ता शेयर किनबेच हुँदा २० अर्ब ७ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब २० करोडको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको १ अर्ब ७ करोडको शेयर कारोबार भएको छ । निफ्राको ९२ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै ६ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज कर्णाली डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, मिड सोलु, सर्वोत्तम र सोनाका लगानीकर्ताले कमाएका छन् । आज यी कम्पनीक ालगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै एनआरएनका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS