GBIME
IME Life

जीवन बीमकको नवीकरण बीमाशुल्क साढे ९%ले बढ्यो, बृद्धिदरमा प्रभु महालक्ष्मी लाइफ अगाडि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जीवन बीमा कम्पनीको नवीकरण बीमा शुल्क गत आर्थिक वर्ष २०७९ /८० को तुलनामा बृद्धि भएको छ । आर्थिक वर्ष २०८० ८१ को असार महिनासम्ममा जीवन बीमा कम्पनीहरुले कुल १ खर्ब २१ अर्ब ९८ करोड २१ लाख रुपैयाँ नवीकरण बीमा शुल्क संकलन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधि अर्थात आर्थिक वर्ष २०७९ /८० को असार महिनासम्ममा कम्पनीहरुले कुल १ खर्ब ११ अर्ब ११ करोड ७० लाख रुपैयाँ नवीकरण बीमा शुल्क संकलन गरेका थिए । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा जीवन कम्पनीको नवीकरण बीमा शुल्क ९ दशलमव ७८ प्रतिशतले बृद्धि भएको हो ।

समिक्षा अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले नविरण बीमा शुल्क संकलन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलननामा नवीकरण बीमाशुल्क ७ दशलमव २४ प्रतिशतले बृद्धि गरी ३२ अर्ब ८२ करोड रुपैयाँ संकलन गरेको छ । दोस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलननामा नवीकरण बीमाशुल्क २ दशलमव ८४ प्रतिशतले बृद्धि गरी १५ अर्ब ५० करोड रुपैयाँ संकलन गरेको छ । तेस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलननामा नवीकरण बीमाशुल्क १२ दशलमव ६४ प्रतिशतले बृद्धि गरी १४ अर्ब १४ करोड रुपैयाँ संकलन गरेको छ ।
त्यस्तै, हिमालयन लाइफले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलननामा नवीकरण बीमाशुल्क ११ दशलमव ३१ प्रतिशतले बृद्धि गरी १४ अर्ब ३ करोड रुपैयाँ संकलन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलननामा नवीकरण बीमाशुल्क ८ दशलमव १६ प्रतिशतले बृद्धि गरी ७ अर्ब ९५ करोड रुपैयाँ संकलन गरेको छ । सूर्यज्योति लाइफले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलननामा नवीकरण बीमाशुल्क १४ दशलमव ३५ प्रतिशतले बृद्धि गरी ६ अर्ब ९६ करोड रुपैयाँ संकलन गरेको छ ।

SKYWELL
Crest

त्यसैगरी, एशियन लाइफले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलननामा नवीकरण बीमाशुल्क ११ दशलमव ९० प्रतिशतले बृद्धि गरी ६ अर्ब १२ करोड रुपैयाँ संकलन गरेको छ । मेट लाइफले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलननामा नवीकरण बीमाशुल्क ९ दशलमव ०६ प्रतिशतले बृद्धि गरी ४ अर्ब ३७ करोड रुपैयाँ संकलन गरेको छ । सानिमा रिलायन्स लाइफले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलननामा नवीकरण बीमाशुल्क १३ दशलमव ३३ प्रतिशतले बृद्धि गरी ४ अर्ब ३१ करोड रुपैयाँ संकलन गरेको छ ।सिटिजन लाइफले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलननामा नवीकरण बीमाशुल्क ७ दशलमव ६३ प्रतिशतले बृद्धि गरी ४ अर्ब २५ करोड रुपैयाँ संकलन गरेको छ ।

त्यस्तै, नवीकरण बीमा शुल्क संकलन बृद्धिदरको आधारमा हेर्दा प्रभु महालक्ष्मी लाइफ सबैभन्दा अगाडि छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलननामा नवीकरण बीमाशुल्क ३० दशलमव ९६ प्रतिशतले बृद्धि गरी ३ अर्ब २८ करोड रुपैयाँ संकलन गरेको छ ।
आइएमई लाइफले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलननामा नवीकरण बीमाशुल्क १४ दशलमव ०९ प्रतिशतले बृद्धि गरी ३ अर्ब १३ करोड रुपैयाँ संकलन गरेको छ । रिलायबल नेपाल लाइफले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलननामा नवीकरण बीमाशुल्क १९ दशलमव ३९ प्रतिशतले बृद्धि गरी २ अर्ब ७३ करोड रुपैयाँ संकलन गरेको छ । सन नेपाल लाइफले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलननामा नवीकरण बीमाशुल्क १४ दशलमव ८७ प्रतिशतले बृद्धि गरी २ अर्ब ३२ करोड रुपैयाँ संकलन गरेको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS