काठमाडौं । डलरको मूल्यले आज पनि नयाँ रेकर्ड नै बनाएको छ । निरन्तर नयाँ उचाईमा पुगेको डलरको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको हो । आज डलरको बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा र खरिददर १३४ रुपैयाँ ४ पैसा रहेको छ। डलरको यस दिनको मूल्य हालसम्मकै उच्च हो।
हिजो बुधबार डलरको बिक्रीदर १३४ रुपैयाँ ६३ पैसा र खरिददर १३४ रुपैयाँ ४ पैसा थियो। यस दिन डलरको मूल्य १ पैसा बढेर नयाँ रेकर्ड कायम गरेको थियो ।
आज एक युरोपियन युरोको खरिददर १४६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ५ पैसा रहेको छ । एक कतारी रियालको खरिददर ३६ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९२ पैसा रहेको छ ।
त्यस्तै, आज एक यूएई दिराम खरिददर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।