IME Life

शेयरधनीलाई प्रतिफल प्रदान गर्ने संभावना रहेको हिमालयन रि को शेयर भाउ रू. १ हजार नजिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । निजी क्षेत्रद्वारा  प्रवर्द्धित पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्योरेन्सका लगानीकर्ताले छोटो समयमै लगानीवापतको प्रतिफल प्राप्त गर्ने संभावना देखिएको छ । प्रिमियम मूल्यमा शेयर बिक्री गरेर सञ्चित रहेको रकम र गत आर्थिक वर्ष समेतको नाफाबाट हिमालयन रिइन्स्योरेन्सले आफ्ना शेयरधनीलाई प्रतिफल प्रदान गर्ने देखिएको हो ।

गत आर्थिक वर्षको प्रकाशित पहिलो नौ महिनाको वित्तीय तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्ष २०७९।०८० को तुलनामा नाफा ४३।३७ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०८०।८१ मा यो कम्पनीले उल्लेख्यरूपमा नाफा बढाउने पर्याप्त आधार देखिएका छन् । आइपिओ जारी भएपछि शेयरपूँजी थप भएसँगै लगानीका लागि उपलब्ध अतिरिक्त पूँजी, दोहोरो अंकको ब्याज दरमा राखिएको मुद्दती निक्षेपबाट प्राप्त प्रतिफलसँगै अण्डराइटिङ बचतमा सुधारका कारण नाफामा सकारात्मक प्रभाव पारेको हो।

Prabhu
Crest

शुरूवाती चरणमा अनुभवी भारतीय पुनर्बीमाकर्मी चन्द्रशेखरण रामामुर्थीको नेतृत्वमा रहेको यो कम्पनीलाई छोटो समयमै स्वदेशी बीमाकर्मी उपासना पाैडेलले नेतृत्व गर्ने अवसर पाइन् । भारतीय बीमा बजारमा अनुभवी पाैडेलले स्वदेशी बीमा बजारको समेत अनुभवको सम्मिश्रणलाई लिएर अहिले व्यापार बिस्तारमा ध्यान केन्द्रित गरेकी छिन् । व्यापारको भोको नयाँ पुनर्बीमकलाई उच्च जोखिमयुक्त सम्झाैताको बाढी आउने बारे जानकार रहेकी प्रमुख कार्यकारी अधिकृत पाैडेलले अण्डरराइटिङमा सम्झाैता नगर्ने बताई सकेकी छिन् ।

पछिल्लो समयमा अन्तर देशिय पुनर्बीमकको रूपमा छिमेकी मुलुक भारतको बजारमा सिधै पुनर्बीमा कारोबारका लागि इजाजत प्राप्त गरेपछि यसको अन्तर्राष्ट्रिय व्यापारमा सकारात्मक प्रभाव पार्ने देखिएको छ। भारतीय बीमा नियामक आइआरडिएआइले गत माघमा हिमालयन रिलाई सीमापार पुनर्बीमकको मान्यता प्रदान गरेको थियो ।

रेटिङ एजेन्सी इक्रा नेपालले नियामकीय संरक्षणले स्वदेशी बजारमा केही वर्ष यो पुनर्बीमकलाई पुनर्बीमा व्यापार गर्न सहज रहने उल्लेख गरेको छ। इक्राले चुक्ता पूँजीमा भएको वृद्धि, स्वदेशी बीमकबाट प्राप्त हुने प्रत्यक्ष हिस्सावापतको अंश, भारतीय बजारमा प्रवेश र अन्तर्राष्ट्रिय बजारमा सेवा बिस्तारलाई हिमालयन रिको सबल पक्षका रूपमा उल्लेख गरेको छ।

वित्तीय सबलतामा भएको सुधारका कारण इक्रा नेपालले हिमालयन रिइन्स्योरेन्सको शेयर जारीकर्ता बीमकको रेटिङलाई ए माइनसबाट स्तरोन्नती गरेर इक्राएनपि आइआर ए रेटिङ प्रदान गरेको छ। यसअघि गत माघमा सार्वजनिक विश्वव्यापी क्रेडिट रेटिङ एजेन्सी एएम बेष्टको रेटिङ प्रमाण पत्रमा पनि यो पुनर्बीमकलाई शेयरजारीकर्ताका रूपमा त्रिपल बी माइनस रेटिङ प्रदान गरिएको थियो ।

गत आर्थिक बर्ष २०८०।०८१ को चैत महिनासम्ममा यो पुनर्बीमकले कुल ९३ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो रकम अघिल्लो आव २०७९।०८० को तुलनामा ४३.३७ प्रतिशतले बढी हो । हिमालयन रि सम्बद्ध श्रोतका अनुसार गत आर्थिक वर्षमा यसको नाफा झण्डै शत प्रतिशत वृद्धि हुने देखिएको छ। किताबी मूल्य १४८ रूपैयाँ रहेको यसको शेयर दोश्रो बजारमा मंगलबार प्रतिशेयर ८४९ रूपैयाँमा कारोबार भएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

88%

खुसी

3%

दु :खी

3%

अचम्मित

6%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS