GBIME
IME Life

जीवन बीमकको कुन प्रदेशमा व्यापार कति ? (बजार हिस्सासहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रदेशगत हिसाबले हेर्दा जीवन बीमकहरुको ठूलो बजार बागमतीमै रहेको देखिन्छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०।८१ को असार मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो।

हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनी र ३ वटा लघु जीवन बीमा कम्पनीले यो एक वर्षको अवधिमा १ खर्ब ५६ अर्ब ५० करोड १२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। यी कम्पनीले बागमती प्रदेशबाट मात्रै ६९ अर्ब ६१ करोड २१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। बीमा कम्पनीहरुले बागमती प्रदेशमा मात्रै ४४.४८ प्रतिशत व्यवसाय गरेको देखिन्छ।

SKYWELL
Crest

यसैगरी जीवन बीमकहरुको दोस्रो ठूलो बजार लुम्बिनी देखिएको छ। यो १२ महिनामा कुल व्यापारको १५.५९ प्रतिशत हिस्सा लुम्बिनीमा रहेको देखिन्छ। कम्पनीहरुले असारसम्म लुम्बिनी प्रदेशबाट २४ अर्ब ३९ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

समीक्षा वर्षमा जीवन बीमा कम्पनीहरुले कोशी प्रदेशबाट १९ अर्ब ५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। कोशीमा जीवन बीमा कम्पनीहरुको बजार हिस्सा १२.१७ प्रतिशत रहेको छ।

आर्थिक वर्ष २०८०।८१ को असार मसान्तसम्म जीवन बीमकले गण्डकी प्रदेशबाट १५ अर्ब ८० करोड ९२ लाख रुपैयाँ, मधेश प्रदेशबाट १४ अर्ब १ करोड २८ लाख रुपैयाँ, सुदूरपश्चिम प्रदेशबाट ९ अर्ब ३५ करोड ७८ लाख रुपैयाँ र कर्णाली प्रदेशबाट ४ अर्ब २६ करोड २६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। कुल व्यापारको हिसाबले जीवन बीमा कम्पनीहरुको बजार हिस्सा गण्डकीमा १०.१० प्रतिशत, मधेशमा ८.९५ प्रतिशत, सुदूपश्चिममा ५.९८ प्रतिशत र कर्णालीमा २.७२ प्रतिशत रहेको देखिन्छ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS