GBIME
IME Life

शेयर बजार राताम्मे हुँदा एकैदिन लगानीकर्ताको रु. २ खर्ब ३० अर्ब स्वाहा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजारमा राजनीतिक प्रभाव पर्दा आज लगानीकर्ताले ठूलो धनराशि गुमाउनु परेको छ।

शेयर बजारप्रति नेताहरुको अभिव्यक्तिको मार आज लगानीकर्ताले खेप्नुपरेको हो। आज शेयर बजार परिसूचक नेप्से १४५.०५ अंकले घटेर २६५१.३२ को विन्दुमा झरेको छ। बजारमा पहिरो जाँदा लगानीकर्ता आज एकैदिन सवा २ खर्ब बढी रुपैयाँ गुमाएका छन्।

SKYWELL
Crest

भारी अंकको गिरावटका साथै नेप्सेको कुल बजार पुँजीकरण घटेर आज ४२ खर्ब ८ अर्ब ४६ करोड ९५ लाख रुपैयाँमा झरेको छ। हिजो कुल बजार पुँजी ४४ खर्ब ३८ अर्ब ७२ करोड २१ लाख रुपैयाँ थियो। योसँगै लगानीकर्ताको २ खर्ब ३० अर्ब करोड २५ लाख रुपैयाँ स्वाहा भएको छ।

आज बजारमा २३ अर्ब ७१ करोड ६७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। योसँग शेयर बजारमा दैनिक कारोबारले नयाँ कीर्तिमान कायम भएको छ। यसअघि गत साउन १६ गते २१ अर्ब ९१ करोड रुपैयाँबराबरको कारोबार भएको थियो। जुन हालसम्मकै उच्च थियो र आज तोडिएको छ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS