IME Life
GBIME

शेयर बजारमा १४५ अंकको गिरावट हुँदा कारोबार रकमले बनायो नयाँ रेकर्ड

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । राजनीतिक अभिव्यक्ति हाबी हुँदा आज शेयर बजारमा पहिरो गएको छ । यद्यपी आजै शेयर बजारमा दैनिक कारोबारले नयाँ रेकर्ड बनाएको छ । संसदमै नेताहरुले शेयर बजारको बढोेत्तरी र कम्पनीको नाम नै लिएर लगानीकर्ता फस्ने भन्दै चर्को आवाज उठाएपछि त्यसको प्रभाव आज शेयर बजारमा देखिएको हो ।

आज शेयर बजार नेप्से परिसूचक १४५ अंकले घटेर २,६५१ को विन्दुमा कायम भएको छ । यस अघि साउन १६ गते बुधबार २१ अर्ब ९१ करोडको शेयर कारोबार भएको थियो । त्यो हालसम्मकै उच्च थियो । सो रेकर्ड आज तोडिएको छ । आज ३२२ कम्पनीको ५ करोड ३८ लाख ४४ हजार कित्ता शेयर किनबेच हुँदा २३ अर्ब ७१ करोडको कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको हो । आज यस कम्पनीको १ अर्ब ३९ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ४८ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सीइडिबी हाइड्रोको ४३ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । कुथेली बुखरीका लगानीकर्ताले ९ दशलमव ९७ प्रतिशतका दरले कमाएका छन् । आज १६ कम्पनीको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज ८ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २३३ कम्पनीको शेयर मूल्य घटेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS