GBIME
IME Life

जीवन बीमा कम्पनीले गरे १ खर्ब ५६ अर्ब बढीको व्यवसाय, कुनको बजार हिस्सा कति ? (सूचिसहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जीवन बीमा कम्पनीहरुले साढे १ खर्ब बढी कुल बीमाशुल्क संकलन गरेका छन् । आर्थिक वर्ष २०८०/ ८१ को असार महिनासम्ममा जीवन बीमा कम्पनीहरुले कुल १ करोड ३७ लाख ७४ हजार ६३५ वटा बीमालेख जारी गरी कुल १ खर्ब ५६ अर्ब ३३ करोड १४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरको छ । कम्पनीले समीक्षा अवधिमा ४० अर्ब ८५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको २६ प्रतिशत हिस्सा ओगटेको छ । दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिमा १९ अर्ब २० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको १२ दशलमव २८ प्रतिशत हिस्सा ओगटेको हो । तेस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले यस अवधिमा १८ अर्ब १० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ११ दशमलव ५८ प्रतिहत हिस्सा ओगटेको छ ।

SKYWELL
Crest

त्यस्तै, हिमालयन लाइफले १६ अर्ब ६० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको १० दशमव ६२ प्रतिशत हिस्सा ओगटेको हो । सूर्यज्योति लाइफले यस अवधिमा ९ अर्ब ५० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ६ दशलमव ८ प्रतिशत हिस्सा रहेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब ७१ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ५ दशलमव ५७ प्रतिशत हिस्सा ओगटेको छ ।
त्यसैगरी एशियन लाइफले ८ अर्ब ५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ५ दशमलव १५ प्रतिशत हिस्सा रहेको छ । सिटिजन लाइफले ६ अर्ब २१ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ३ दशलमव ९८ प्रतिशत हिस्सा ओगटेको छ । सानिमा रिलयान्स लाइफले ६ अर्ब १८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ३ दशलमव ९६ प्रतिशत हिस्सा ओगटेको हो ।

यता, मेट लाइफले ५ अर्ब ६७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ३ दशमलव ६३ प्रतिशत हिस्सा ओगटेको छ । आइएमर्य लाइफले ४ अर्ब ७४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ३ दशमलव ०३ प्रतिशत हिस्सा ओगटेको हो । प्रभु महालक्ष्मी लाइफले ४ अर्ब ३७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको २ दशमलव ८० प्रतिशत हिस्सा ओगटेको हो । रिलायबल नेपाल लाइफले ४ अर्ब २० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको २ दशमलव ६९ प्रतिशत हिस्सा ओगटेको हो । सन नेपाल लाइफले ३ अर्ब ८८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको २ दशमलव ४९ प्रतिशत हिस्सा ओगटेको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

0%

दु :खी

50%

अचम्मित

25%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS