काठमाडौं । आज साउन २२ गते डलरको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । आज डलरको बिक्रीदर १३४ रुपैयाँ ४६ पैसा रहेको छ भने खरिददर १३३ रुपैयाँ ८६ पैसा रहेको छ। डलरको यो मूल्य हालसम्मकै उच्च हो।
आज युरोपियन युरो एकको खरिददर १४६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४७ रुपैयाँ २१ पैसा रहेको छ । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७० रुपैयाँ ६२ पैसा र बिक्रीदर १७१ रुपैयाँ ३९ पैसा रहेको छ ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७० पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९८ पैसा रहेको छ ।
यस दिन कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७० पैसा र बिक्रीदर ३६ रुपैयाँ ८७ पैसा छ ।