IME Life

१५ वर्ष सत्ता कब्जा गरेकी शेख हसिना अन्तत देशै छोडेर भाग्नुपर्‍यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बंगलादेशमा सत्ता विरूद्ध भएको आन्दोलन उत्कर्षमा पुगेपछि अन्ततः प्रधानमन्त्री शेख हसिना स्वदेश छोडेर भाग्नु परेको छ। आरक्षण प्रणालीविरूद्ध यसै महिना भएको आन्दोलन चर्किएर हसिनाको राजीनामासम्म पुगेपछि हसिनाले पदबाट राजीनामा मात्र दिनु परेन,असुरक्षाका कारण देशै छोेडेर भाग्नु परेको हो।

सत्तारूढ दल अवामी लिगकी अध्यक्ष समेत रहेकी हसिना दिउँसो सैनिक हेलिकप्टरमा सरकारी निवास छोड्नुका साथै बंगलादेशी विमानबाट भारत हुँदै तेश्रो मुलुकमा शरण लिनुपर्ने बाध्यतामा छिन् ।

Prabhu
Crest

सरकारले पाकिस्तानबाट बंगलादेशलाई स्वतन्त्र गराउने आन्दोलनमा शहादत प्राप्त गरेका स्वतन्त्रता सेनानीको परिवारजनलाई सरकारी जागिरमा ५६ प्रतिशतसम्म आरक्षण दिने घोषणा गरेपछि विपक्षी दलका विद्यार्थी संगठनले आन्दोलन चर्काएका थिए ।

आन्दोलनकारी विरूद्ध सत्तारूढ दलका विद्यार्थी संगठन र सरकारी सुरक्षाकर्मीले निर्ममतापूर्वक दमन गर्दा चर्किएको आन्दोलनमा एक महिनाको अवधिमा ३०० भन्दा बढीको ज्यान गएको थियो। तीमध्ये केही सुरक्षाकर्मी समेत थिए ।
अदालती आदेशपछि आरक्षण प्रणाली लागू गर्ने निर्णयबाट सरकार पछि हटे पनि आन्दोलनमा ज्यान गुमाएकाहरूको परिवारजनलाई क्षतिपूर्ती, घाइतको उपचार र प्रधानमन्त्री शेष हसिनाको राजीनामाको माग गर्दै विपक्षी दलसहित विद्यार्थीहरूले पुनः सरकार विरोधि प्रदर्शन चर्काए। पछिल्लो पटक आइतबार भएको प्रदर्शनमा बंगलादेशमा ९१ जनाको ज्यान गएको थियो।
प्रधानमन्त्री हसिनाले आन्दोलनकारीहरूलाइ आतंककारीको संज्ञा दिंदै उनीहरूमाथि जाइ लाग्न आफ्ना कार्यकर्ता र समर्थकलाई आइतबार सार्वजनिकरूपमा आह्वान गरेकी थिइन् । तर सरकारी दमनका कारण प्रदर्शन झनै सशक्त उग्र बन्दै गएर नियन्त्रण बाहिर गएपछि अन्ततः प्रधानमन्त्री हसिना निर्वासनको बाटो रोज्न बाध्य भइन् ।
एशियामै लामो समय कार्यकारी प्रमुख पदमा रहेर शासन चलाउने उनी एक्लो महिला नेतृ हुन् ।

शासन सत्ताको दुरूपयोग गर्दै निर्वाचनमा धाँधली गरेपछि गत माघमा भएको आम निर्वाचन विपक्षी दलहरूले बहिष्कार गरेका थिए । बहिष्कारका कारण शेख हसिनाले कथित बहुमत हासिल गर्दै पुनः सत्ता कब्जा गर्ने अवसर पाएकी थिइन् ।

प्रधानमन्त्री हसिनाको राजिनामा सन् २०२१ मा अफगानिस्तानको अवस्था र २०२२ मा श्रीलंकाको अवस्थासँग तुलना गर्न सकिन्छ । त्यसबेला अफगानिस्तानका तत्कालीन राष्ट्रपति असरफ घानी र श्रीलंकाका तत्कालीन राष्ट्रपति गोताबाया राजापाक्षेले जनविरोधको सामना गर्दै देश छोडेका थिए।

प्रधानमन्त्रीको पलायनसँगै बंगलादेशी सैनिकले शासन हातमा लिंदै अन्तरिम सरकार गठनका लागि राजनीतिक दललाइ आह्वान गरेको छ। बंगलादेशमा नागरिक आन्दोलन मत्थर भएको अवस्थामा निरकुंश हसिनाको हातबाट शासन खोसेका बंगलादेशी आम नागरिक सैनिक शासनको चेपमा पर्न बाध्य हुनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS