काठमाडौं । आज शेयर भारी अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक ४० दशलमव ७६ अंकले बढेर २,७९६ को विन्दुमा कायम भएको छ । आज १६३ कम्पनीको शेयर मूल्य बढेको छ भने ७८ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै ८ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज रुरु जलविद्युत कम्पनी, सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट, सगरमाथा जलविद्युत, कुथेली बुखरी हाइड्रो, माथिल्लो मैलुङ खोला, भगवती हाइड्रोपावर, भिजन लुम्बिनी ऊर्जा र मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।