GBIME
IME Life

भक्तपुर क्यान्सर अस्पतालमा दुई शत्रमा बहिरङ सेवा सेवा शुरू

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालमा दुई शत्रमा बहिरङ सेवा (ओपिडी) सेवा शुरू गरेको छ। अस्पताल प्रशासनले बिहानको पहिलो शत्रका लागि एक सय रूपैयाँ र दिउँसोको दोश्रो शत्रका लागि तीन सय रूपैयाँ बहिरङ सेवा शुल्क तोकेको छ।

भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डाक्टर उज्वल चालिसेका अनुसार अस्पतालले साउनको पहिलो साताबाट टोकन प्रणालीबाट सेवा लिने र अनलाइन टिकट काट्न मिल्ने सुविधा शुरू गरिएको छ ।यसैगरी शल्यकृया कक्ष पनि पाँचवटा सञ्चालनमा ल्याइएको छ।

SKYWELL
Crest

अस्पतालको रेडियोथेरापी सेवालाई सहज बनाउनका लागि रेडियोथेरापी मेशिन थपिएको छ। १६ स्लाईसको सिटीस्क्यान मेशिन एक थान मात्र रहेकोमा अर्को पनि जडान गरिएको छ। यसका कारण सिटीस्क्यानका लागि दुई सातासम्म कुर्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।

अस्पतालले साउन मसान्तसम्ममा प्रयोगशाला र अन्य परिक्षण प्रतिवेदन अनलाइन माध्यमबाटै नै प्राप्त गर्न सक्ने व्यवस्था मिलाउने भएको छ।

अस्पतालले दैनिक ४ सय ५० देखि ६ सय ५० जना बिरामीलाई ओपिडी सेवा दिदैं आएको छ। दैनिक ३ वटासम्म सघन र २ वटा सामान्य शल्यकृया गरिंदै आएकोमा शल्यकृया कक्ष थपिएसँगै एक दिनमा पाँचवटासम्म सघन शल्यकृया गर्न सकिने भएको अस्पताल प्रशासनले जानकारी दिएको छ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS