GBIME
IME Life

घर कर्जामा बैंकको हदैसम्म लचक नीतिः सस्तो र स्थिर ब्याजदरले ग्राहक आकर्षित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पछिल्लो समय तरलता बढ्दै जाँदा बैंकहरूले घर कर्जालाई प्राथमिकता दिएका छन् । निर्माण क्षेत्र समेत चलाउन सहयोग हुने घर कर्जामा उनीहरूले अन्य कर्जामा भन्दा सस्तो र सहज उपाय लगाइरहेका छन् । यसरी स्थिर र एकल अंकमै कर्जा उपलब्ध गराउँदा ग्राहकहरू यसतर्फ आकर्षित देखिएका छन् । जसकारण बैंकहरूले विस्तार गरेको घर कर्जा निरन्तर बढ्दै गइरहेको छ । २०८१ जेठसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले ३ खर्ब ८५ अर्ब ४१ करोड रुपैयाँ घर कर्जा प्रवाह गरेका छन् । जसमध्ये वाणिज्य बैंकहरुले मात्रै ३ खर्ब १५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

२०८० जेठसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले ३ खर्ब ४९ अर्ब ३८ करोड रुपैयाँ घर कर्जा प्रवाह गरेका थिए । २०८० जेठसम्मको तुलनामा २०८१ जेठसम्ममा घर कर्जामा १०.७ प्रतिशत वृद्धि भएको राष्ट्र बैंकको तथ्यांक छ । वाणिज्य बैंकहरूले कर्जा अवधिभर परिवर्तन नहुने स्थिर ब्याजदरमा घर कर्जा दिइरहेको पाइन्छ । वाणिज्य बैंकहरूले लामो अवधिका लागि न्यूनतम ८.९२ प्रतिशतदेखि अधिकतम १५.५० प्रतिशतसम्म स्थिर ब्याजदरमा घरकर्जा दिइरहेका हुन् ।

SKYWELL
Crest

अधिकांश बैंकले एकल अंकमा २० वर्ष अवधिका लागि यस्तो कर्जा दिइरहेका छन् । पछिल्लो समय ब्याज्दर निरन्तर घट्दै गइरहेको छ । यसरी ब्याजदर घट्दै जाँदा कर्जाको ब्याजदर पनि घटेर औसतमा १०.१५ प्रतिशतमा आइपुगेको छ । तर बैंकहरूले घर कर्जामा भने एकल अंकको ब्याजमै कर्जा दिइरहेका छन् ।

बैंकहरूले प्रकाशित गरेको ब्याजदर अनुसार ९ वटा बैंकले एकल अंकको स्थिर ब्याजदरमा घरकर्जा दिइरहेका छन् । यसरी कर्जा दिनेमा एनएमबि, नबिल, कुमारी, नेपाल, प्रभु, सिद्धार्थ, सिटिजन्स, एभरेस्ट र ग्लोबल आइएमई बैंक छन् ।

यस्तै हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा, नेपाल एसबिआई, स्टान्डर्ड चार्टर्ड, माछापुच्छ्रे, राष्ट्रिय वाणिज्य र एनआईसी एशिया बैंकले दोहोरो अंकको स्थिर ब्याजदरमा कर्जा दिइरहेका छन् ।

कृषि विकास र लक्ष्मी सनराइज बैंकले भने बेसरेटमा स्थिर प्रिमियममा कर्जा दिइरहेका छन् । लक्ष्मी सनराइज बैंकले बेसरेटमा ४ प्रतिशत प्रिमियम जोडेर कर्जा दिइरहेको छ भने कृषि विकास बैंकले भने ५ वर्ष अवधिको घर कर्जामा साढे ३ प्रतिशत, १० वर्ष अवधिकोमा ४ प्रतिशत र १० वर्ष बढी अवधिको कर्जामा साढे ४ प्रतिशत प्रिमियम तोकेको छ।

स्थिर ब्याजदरको घर कर्जा सबैभन्दा सस्तो ब्याजदरमा एनएमबि बैंकले दिइरहेको छ। बैंकले ८.९२ प्रतिशतमा कर्जा दिइरहेको हो । यस्तै नेपाल एसबिआई बैंकको घर कर्जाको ब्याजदर सबैभन्दा धेरै १३.५० प्रतिशतदेखि अधिकतम साढे १५ प्रतिशतसम्म छ ।

नबिल बैंकले ७ वर्ष अवधिका लागि ८.९९ प्रतिशत र १० वर्षका लागि ९.४९ प्रतिशत ब्याजदरमा घरकर्जा दिँदा कुमारी बैंकले ७ वर्षका लागि ९.४९ प्रतिशतमा दिइरहेको छ । यस्तै नेपाल बैंकले २० वर्ष अवधिका लागि ९.९५ प्रतिशतमा घरकर्जा दिँदा प्रभु बैंकले ५ वर्षका लागि ९.९९ प्रतिशत र ५ वर्षमाथिका लागि ११.९९ प्रतिशत ब्याजदर तोकेको छ ।

यस्तै सानिमा बैंकले घर कर्जामा १०.४७ प्रतिशतदेखि १२.४७ प्रतिशतसम्म ब्याजदर लिइरहेको छ भने प्राइम कमर्सियल बैंकमा घर कर्जा ११ देखि १३ प्रतिशतसम्म ब्याजदरमा दिइरहेको छ । लक्ष्मी सनराइज बैंकले बेसरेटमा ४ प्रतिशत प्रिमियम जोडेर घरकर्जा दिइरहेको छ भने एनआइसी एसिया बैंकले ११.९९ प्रतिशतमा, राष्ट्रिय वाणिज्य बैंक १० वर्षसम्मका लागि १०।५० र १० वर्ष माथिका लागि ११.५० प्रतिशत ब्याजदरमा घरकर्जा उपलब्ध गराउँदै आएको छ ।

यस्तै माछापुच्छ्रे बैंकले ५ वर्षका लागि १० प्रतिशत, १० वर्षका लागि ११ प्रतिशत र १० वर्ष माथिका लागि १२ प्रतिशत ब्याजदरमा घरकर्जा उपलब्ध गराइरहेको छ । यस्तै ग्लोबल आइएमई बैंकले ५ वर्षका लागि ९.९९ प्रतिशत, १० वर्षका लागि १०.९९ प्रतिशत र १० वर्ष माथि ११.४९ प्रतिशत ब्याजदर तोकेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकले ५ वर्षका लागि ११, १० वर्षका लागि ११.७५ र १० वर्ष माथि १२.५० प्रतिशत ब्याजदर तोक्दा नेपाल एसबिआई बैंकले ३ वर्षका लागि १३.५०, ५ वर्षका लागि १४.५०, १० वर्षका लागि १५ र १० वर्ष माथि १५.५० प्रतिशत ब्याजदरमा घरकर्जा दिइरहेको छ ।

यस्तै एभरेस्ट बैंकले ७ वर्षका लागि ९.५० प्रतिशत ब्याजदरमा घर कर्जा दिँदा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ७ वर्षका लागि १२.७५ प्रतिशत स्थिर ब्याजदर कायम गरेको छ । यस्तै सिटिजन्स् इन्टरनेसनल बैंकले ७ वर्षका लागि ८.९९ र १६ वर्ष १२ प्रतिशत ब्याजदर कायम गरेको छ ।

यस्तै हिमालयन बैंकले ७ वर्ष अवधिका लागि ११.२५ प्रतिशत स्थिर ब्याजदरमा घरकर्जा दिइरहेको छ । सिद्धार्थ बैंकले भने नारी घर कर्जाका ८.९९ प्रतिशत, ५ वर्ष अवधिमा ९.२४ प्रतिशत, १० वर्ष अवधिका लागि ९.७४ प्रतिशत र १० वर्ष बढीअवधिका लागि १०.२५ प्रतिशत ब्याजदर तोकेको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS